२९ चैत्र २०८२, आइतबार | April 13, 2026

पूर्वअर्थमन्त्री पौडेलको आरोप – श्वेतपत्र अघिल्लो सरकारको आलोचनामा केन्द्रित मात्र



काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक स्थितिको श्वेतपत्र अघिल्लो सरकारको आलोचना र विरोधमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत देशको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि आजको बैठकमा मन्तव्य व्यक्त गर्दै नेकपा (एमाले) का नेता पौडेलले अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्याङ्क विभाग, महालेखा नियन्त्रक तथा महालेखा परीक्षकजस्ता राज्यका आधिकारिक निकायले आफूसँग सम्बन्धित अर्थतन्त्रका परिसूचक सार्वजनिक गर्ने भएकाले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कबारे कुनै हुन नहुने र सरकार परिवर्तन हुँदा नयाँ सरकारले खण्डन गर्न नहुने जिकिर गरे ।

श्वेतपत्रमा कोभिड अवधिसमेतको विगत तीन वर्षमा मुद्रास्फिति पाँच प्रतिशतको हाराहारीमा रहेको र यो वर्ष ३.६ प्रतिशतको सीमामा रहेको, आर्थिक वर्ष २०७३.७४ मा १९.८ प्रतिशतले वृद्धि भएको राजस्व २०७७.७८ मा २२ प्रतिशतले वृद्धि भएको जस्ता तथ्य स्वीकार गरिएको तर महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई पनि गम्भीर नकारात्मक असर पारको यथार्थलाई बेवास्ता गरिएको उनले बताए ।

“आर्थिक वर्ष २०७.र७४ मा बचतको तुलनामा उपभोगमा ८७ प्रतिशत खर्च भएको भन्दै २०७७/७८ मा ९३ प्रतिशत पुग्यो भनिएको छ । तर यो अवधि कोभिडका कारणले उत्पादन र आय घटेको र औसत खर्च भने कायम रहेको अवधि हो भन्ने यथार्थलाई बेवास्ता गरिएको छ”, पौडेलले भने, “सरकारी खर्च २०७४/७५ मा २४.९ थियो र २०७७.७८ मा १९.३ मा झ-र्यो भनिरहँदा पनि कोभिडका कारणले सिर्जित लकडाउनको प्रभावलाई बेवास्ता गरिएको छ । २०७४र७५ मा ६४.१ प्रतिशत रहेको चालू खर्च २०७७/७८ मा ७२.१ प्रतिशत भयो भनेर यथार्थलाई ओझेल पार्न खोजिएको छ । यो पनि कोभिडका कारणले पूँजीगत खर्चमा नकारात्मक चाप पर्नाको परिणाम हो ।”

पौडेलले अक्सफोर्ड विश्वविद्यालयका अनुसार २०१४ मा ३० प्रतिशत रहेको नेपालको बहुआयामिक गरिबी २०१९ मा १७ प्रतिशतमा झरेको र निरपेक्ष गरिबी करिब तीन प्रतिशत घटेकामा अहिले त्यसमा कोभिड महामारीको प्रभाव परेको बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम, सीपमूलक र व्यावसायिक तालिम, श्रमिकलाई कार्यस्थलमा आधारित प्रशिक्षण, श्रमिकको सामूहिक दुर्घटना बीमाको व्यवस्था गरिएको, सामाजिक सुरक्षालाई जीवनचक्रममा आधारित बनाइएको छ र सामाजिक सुरक्षा र बालसंरक्षण अनुदान एक तिहाइले वृद्धि भएर रु चार हजारसम्म पुगेको पनि स्पष्ट गरे ।

कोभिड महामारीका बीचमा पनि मेलम्ची, अपर तामाकोशी, पोखरा तथा लुम्बिनी विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका र सम्पन्न हुने चरणम पुगेको उनको दाबी थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ०४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्