१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अर्थमन्त्रीद्वारा आर्थिक स्वेतपत्र जारी : देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा (पूर्णपाठसहित)



काठमाडौं । देशको आर्थिक अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्माले संसदमा स्वेतपत्र जारी गरेका छन् ।

स्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी गराएका छन् । शर्माले ओली सरकारको पालामा अर्थतन्त्र नाजुक अवस्थामा रहेको जनाएका छन् ।

२०७४ सालमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक स्वेतपत्र जारी गर्दै सञ्चित कोष ४३ अर्बले घाटामा रहेको जनाएका थिए । तर, त्यसपछि यो बढेर आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको शर्माले जनाए ।

स्वेतपत्रमा शर्माले भनेका छन्, आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ।’

शर्माले ओली सरकारले देशको अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन गर्न नसकेको उल्लेख गरेका छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा यथार्थमा २.१ प्रतिशतले ऋणात्मक हुनपुगेको जनाइएको छ । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको जनाइएको छ । कोरोना महामारीका कारण पनि अर्थतन्त्रमा संकुचन आएको स्वेतपत्रमा उल्लेख गरिउको छ ।

‘आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको औद्योगिक क्षेत्रको योगदान जीडीपीमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको जनाउँछ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/आर्थिक-जानकारी-पत्र.pdf” title=”आर्थिक जानकारी पत्र”]

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ०८ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट