२५ चैत्र २०८२, बुधबार | April 8, 2026

पाकिस्तानद्वारा नेपाललाई झण्डै २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । मित्रराष्ट्र पाकिस्तानले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपालस्थित पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स अदनान जावेद खानले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच चार्ज डे अफेयर्स खानले झण्डै दुई करोड रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको पाकिस्तानी दूतावासले जनाएको छ । जसमा ३० वटा भेन्टिलेटर, ३० वटा श्वासप्रश्वाससम्बन्धी सीपीएपी मेशीन सामेल छन् । ‘मेड इन पाकिस्तान’ उपकरणहरुको मूल्य १ करोड ९० लाख नेपाली रुपैयाँ भन्दा बढी रहेको छ ।

यो स्वास्थ्य उपकरण सार्क सदस्य राष्ट्रहरुका लागि कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमको एक हिस्सा रहेको दूतावासले जनाएको छ । यसअघि यही कार्यक्रमअन्तर्गत पाकिस्तनले नेपाललाई ४ करोड ३० लाख रुपैयाँको आर्थिक सहयोग गरेको थियो ।

स्वास्थ्य सामाग्री बुझ्दै स्वास्थ्य सचिव डा. पोखरेलले नेपालको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि उदारतापूर्वक योगदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिएका थिए ।

पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स खानले कोरोना महामारी विरुद्धको नेपालको लडाईंलाई पाकिस्तानले निरन्तर साथ दिने प्रतिवद्धता जनाएका थिए ।

पाकिस्तानले नेपाललाई विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : २९ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना