२५ चैत्र २०८२, बुधबार | April 8, 2026

अबिरल वर्षाका कारण लुम्बिनी प्रदेशका ५ स्थानमा सडक अवरुद्ध



बुटवल । बिहिबार साँझबाट आएको अबिरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गत सिद्धार्थ राजमार्ग सहित ५ स्थानको सडक अवरुद्ध भएको छ । रातभरी परेको वर्षाका कारण प्रदेशको पहाडी क्षेत्रको सडकमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको कालिमाटी र गिट्टी खोलामा पहिरो खस्दा बिहान ६ बजेबाट सडक अवरुद्ध रहेको छ भने रुकुमको सिस्नेखोला खण्डको रानीकोट र रुकुम बागलुङ खण्डमा आएको बाढी र त्यसै आसपास खसेको पहिरोले २ स्थानमा सडक अवरुद्ध रहेको छ । त्यसैगरि रोल्पा थवाङ खण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पानी पर्ने क्रम नरोकिएको र भिरबाट लेदो सहितको माटो खस्ने क्रम जारी रहेका कारण सडक संचालनमा कठिनाई भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ५७ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण