२० माघ २०८२, मंगलबार | February 3, 2026

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकलाई घरमै पुगेर खोप लगाइदिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिकलाई घर घरमा पुगेर खोप लगाइदिन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारणबस खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने अशक्ता, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप लगाइदिन अन्तरिम आदेश दिएको हो । अदालतले खोप लगाउनुअघि त्यस्ता नागरिकको लागत संकलन गर्न आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगि कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु ।’

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ५७ बजे

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा