१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आईसिएफसीको शाखा रुपन्देहीको तिलोत्तमामा



बुटवल । तिलोत्तमा नगरपालिकाको ड्राईभर टोलमा आईसिएफसी फाईनान्स लिमिटेडको २० औं शाखा उद्घाटन भएको छ। आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार औपचारिक रुपमा रिबन र केक काटेर कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन।

उदघाटन कार्यक्रममा बोल्दै सीईओ पन्तले कर्मसियल र विकास बैकको दरमा ब्याज ऋण दिएर सेवा गरेको बताए । पोखरामा शाखा सेवा बिस्तारसंगै रुपन्देही जिल्ला भित्रको तेस्रो शाखा भएको उनले बताए। अब हामी पुर्वतर्फ सेवा बिस्तारको अभियानमा छौ। उनले भने। तिलोत्तमा नगर बुटवल र सिद्धार्थनगरबिचमा रहेको नमुना नगरपालिका जोड्ने रुपमा रहेको छ।

पन्तका अनुसार फाईनान्सको १६ अर्बको ब्यालेन्स सिट रहेको छ। स्थानिय विकासमा नै लगानी गराउने योजना रहेको फाईनान्सको डेढ लाख बढी सेवाग्राहिहरु छन।

देशभर २ सय बढी कर्मचारी रहेको कम्पनिलाई कोभिडको कारण केही नकारात्मक असर परेको पन्तले बताए ।

फाईनान्सका शाखा प्रमुख दिपक अर्यालले शहरीकरणतर्फ अग्रसर रहेको तिलोत्तमानगरमा बैकिङ सेवा दिने लक्ष्यसहित शाखा विस्तार गरेको बताए । योसंगै प्रत्येक शाखामा एटिएम रहेको र सेवाग्राहीले भारतमा समेत एटिएम प्रयोग गर्न सक्ने उनले दाबी गरे।

फाईनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवाली रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिईरहेको बताए। बैक तथा वित्तिय सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रका जनतामाझ पुग्ने गरि योजना बनाईएको उनले बताए। नेपाल राष्ट्र बैकबाट ग वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाण्डौमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ४३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्