४ असार २०८२, बुधबार | June 18, 2025

विज्ञापन प्रकाशन गर्नुअघि स्वीकृति लिनुपर्नेबारे लिखित जवाफ माग



काठमाडौं । सर्वोच्च अदालतले सञ्चारमाध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृति लिनुपर्ने ऐनबारे लिखित जवाफ माग गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त ऐनबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाउ आदेश जारी गरेको हो ।

सञ्चारमाध्यमको विज्ञापनमा लगाइएको सेन्सरसीप हटाउन आदेशको माग गर्दै अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिट निवेदनको माग गर्दै परेको रिटमा सो आदेश भएको हो ।

सरकारले विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार सरकारले विज्ञापन बोर्ड गठन गरेर काम शुरु गरिसकेको छ । उक्त मुद्धामा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ११ बजे

त्रिदेशीय टी-२० सिरिज : नेपालद्वारा स्कटल्याण्डलाई २ विकेटले पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले

विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको

प्रहरीको साइबर ब्यूरोले भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया लेखेपछि आलोचना

नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता

बलिङमा लामिछाने चम्किँदा स्कटल्यान्ड ९७ रनमा अलआउट, नेपाललाई ९८ रनको लक्ष्य

काठमाडौं । बलिङमा सन्दीप लामिछाने चम्किँदा स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२०

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को एक प्रतिवेदनले नेपाललगायत