१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन ।

संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन । कोरोना भाइरस संक्रमणको खतराका साथै क्रियाशील सदस्यता छानबिनसहितको काम बाँकी रहेकाले तिहारअघि महाधिवेशन सम्भव नरहेको उनीहरूको तर्क छ ।

केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, बहादुर सिंह लामासहितका संस्थापन पक्षीय नेताले महाधिवेशन भदौमा सम्भव नरहेको जिकिर गरे । उनीहरूले महाधिवेशन मंसिरमा गर्न प्रस्ताव राख्दै कात्तिकमा तल्लो तहको अधिवेशन गर्नुपर्ने धारणा राखेका छन । ‘भदौमा अब महाधिवेशन सम्भव छैन । रणनीतिको कुरा होइन, व्यावहारिक कुरा गरौं,’ केन्द्रीय सदस्य घिमिरेले बैठकमा भने, ‘कात्तिकमा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सकौ ।’

कानुनी उपचारबाटै महाधिवेशन सार्न सकिने तर्क गर्दै अर्का केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अहिले कोरोना महामारी छ । यस्तो बेला सर्वोच्च अदालतबाट कांग्रेसको महाधिवेशन सार्न सकिन्छ ।’ बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका टुंगो लागेको ७६ दिनपछि मात्र महाधिवेशन गर्न सकिने प्रस्ताव पठाएको सुनाएका थिए । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ४३ बजे

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस

बसको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

हेटौँडा । भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा