९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने भएका छन । शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देशन गरेका छन् । बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ५३ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री