९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

७०० जना संक्रमितलाई आयुर्वेदिक कोरोना कीट वितरण



तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ ।

कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उनले बताए ।

बिरामी लक्षण र अवस्थाअनुरुप औषधिको मात्रामा थपघट गरिन्छ । उनले थपे, “उक्त औषधि सेवन गरेका बिरामीले कोरोना जित्न सफल भएका छन् ।” जिल्लामा कोरोनाको सङ्ख्या बढ्दै गएका कारण अहिले स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने बिरामीको स्वास्थ्य परीक्षण गर्ने कार्य रोकिएको छ । उनीहरुको समस्याका पहिचान गरी आयुर्वेदिक औषधि प्रदान गर्न थालिएको छ । कोरोना सङ्क्रमण बढेसँगै उपचारमा आउने बिरामीको सङ्ख्या करिब ५० प्रतिशत घटेको सो कार्यालयले छ ।

कोरोना हुनुअघि दिनमा ५०-६० सम्म बिरामी आउने गरे पनि अहिले मुस्किलले १५-२० को हाराहारीमा आउने गरेका छन् । उपचारको लागि तनहुँ, गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिस आउने गर्छन् । रासस

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : १६ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री