२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रतिगमनको खतरा अहिले पनि जीवितै छ, देउवा सरकार कुनैपनि बेला अल्पमतमा पर्न सक्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रले ५ दलिय गठबन्धनलाई आगामी चुनाव सम्म कायम राख्नु पर्ने प्रस्ताव अगाडि सारेको छ । आजबाट शुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिबेदनमा एमाले अध्यक्ष केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरिएको हो ।

अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्न आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी सांगठानिक योजना समेत प्रस्ताव गरेका छन् । प्रचण्डले एमालेसँगको एकतालाई आवश्यक थानेपनि ओली सहितको एमालेसँगको एकता र गठबन्धन भने अस्विाकार गरेका छन् । प्रचण्डको प्रस्तावमा ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने उल्लेख छ ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा कायम रहेको बताएका छन् ।

प्रचण्डले प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको औंल्याउँदै वर्तमान सरकार माधव नेपालको अडानका कारणले मात्र टिकेको दाबी गरे । । परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको पनि प्रचण्डले बताए ।

एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको उनले बताए ।

यस्तो छ प्रचण्ड प्रतिबेदनको पूर्णपाठ :

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : ४८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष