७ आश्विन २०८३, बुधबार | September 23, 2026

गठबन्धनलाई चुनावसम्मै लैजाने माओवादीको प्रस्ताव, पुषको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन



काठमाडौं । नेकपा ९माओवादी केन्द्र० भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो ।

पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रिय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ ।’

बैठकमा अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ । संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा वाम–लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनावसम्म लैजाने प्रस्ताव गरिएको छ ।

बैठकमा प्रचण्डको प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठ वटा समूह निर्माण गरी छलफल सुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ ।

सबै समूहले दुवै प्रस्तावमाथि केन्द्रित रहेर छलफल सुरु गरेको र ती समूहहरुका निष्कर्ष भोलि (आईतबार) बिहान ११ बजे पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुनेछ । सबै समूहको निष्कर्षको आधारमा पार्टीले अध्यक्ष दाहालले प्रस्तुत गर्नु भएको दुवै प्रस्तावउपर आवश्यक निर्णय लिने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : ०७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११