१३ श्रावण २०८३, बुधबार | July 29, 2026

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग



सिन्धुपाल्चोक । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्रमार्फत आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापन पत्रमा राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । सो अवसरमा प्रधानमन्त्री देउवालाई बधाईसमेत ज्ञापन गरिएको उनले जानकारी दिए ।

नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोवार बन्द हुँदा त्यहाँ काम गर्ने मजदूर अहिले विचल्लीमा परेकाले पूर्णरुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ । नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिन सङ्घले प्रधानमन्त्री देउवालाई अनुरोध समेत गरेको जनाएको छ ।

विसं २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक प्राकृतिकरुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।

कोदारी, तातोपानी, चाकु, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङ्पाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिराको जोखिममा रहेकाले आवश्यक अध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले बताए । पटकपटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ०९ बजे

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न