२ पुस २०८२, बुधबार | December 18, 2025

यस्तो छ कांग्रेस महाधिवेशन तालिका, वडादेखि केन्द्रसम्मकै नयाँ कार्यतालिका



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४ औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख १९ भदौका लागि तोकिएको महाधिवेशनलाई मंसिरमा गर्नेगरी सार्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले जानकारी दिए ।

नयाँ कार्यतालिका अनुसार अब केन्द्रीय महाधिवेशन ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ । यसैगरी, कांग्रेसको सबैभन्दा तल्लो तहको संरचना मानिने वडा तहको अधिवेशन १८ भदौमा हुनेछ ।

यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ ।

नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख छ ।

कांग्रेसले यसअघि आन्तरिक विवादका कारण पाँचपटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो । यसपटक भने कांग्रेसले कोरोना संक्रमणलाई देखाउँदै महाधिवेशन सारेको हो ।

२४ फागुन २०७२ मा ४ वर्षका लागि वर्तमान कार्यसमितिको नेतृत्व गर्दै सभापतिमा देउवा निर्वाचित बनेका थिए । कांग्रेसको विधानअनुसार २४ फागुन २०७६ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो ।

यद्यपि, विधानको सुविधा प्रयोग गर्दै धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद २४ फागुन २०७७ सम्म एक वर्ष थप गरिएको थियो । सो समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको थियो । सो मितिसमेत आगामी २३ भदौसम्म मात्रै हो ।

पटकपटक कार्यतालिका घोषणा गर्दै सार्दै आएको कांग्रेसले पछिल्लोपटक गत ४ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत पाँचौंपटक कार्यतालिका परिमार्जन गरेको थियो । जसअनुसार १२ साउनमा गाउँ-नगर वडा अधिवेशन र १६ साउनमा गाउँ-नगर अधिवेशन गर्ने कार्यतालिका थियो ।

यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउनका लागि तोकिएको थियो ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूको अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १-२ भदौ र केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौ सम्मका लागि निर्धारण गरिएको थियो ।

यसअघि क्रियाशील सदस्यताको विवाद नमिलेपछि ९ साउनमा बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तल्ला तहका सबै अधिवेशन स्थगित गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ४२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल