७ श्रावण २०८३, बिहिबार | July 23, 2026

हाइटी भूकम्पः ३०४ को मृत्यु, १८ सय बढी घाइते



एजेन्सी ।हाइटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । बीबीसीका अनुसार यस घटनामा १ हजार ८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिबार बिहान आएको भूकम्पले हाइटीको पश्चिमी क्षेत्रमा धेरै क्षति पुर्याएको छ । त्यहाँ भवन, होटल, चर्चलगायतका भौतिक संरचनाहरु भग्नावशेषमा परिणत भएका छन् ।

प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु रहेको छ । यसअघि सन् २०१० मा पनि हाइटीमा यस्तै प्रलयकारी भूकम्प गएको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ५० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी