२२ बैशाख २०८१, शनिबार | May 5, 2024

टिचिङ अस्पतालका उडुस, उपियाँ मार्न टेन्डर



काठमाडौं । मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आव्हान गरेको छ । जब कि यो अस्पताल स्वास्थ्य सेवामा उतकृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) को बाटोमा अग्रसर छ ।

तर, विभिन्न विभागरशाखारवार्डरओपीडि, युनिटलायगत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक एंव वरिष्ठ छातिरोग विशेषज्ञ डा. सन्तकुमार दासले मेसिनका औजार, तारहरु काटेर मुसाले दुख दिने गरेको बताए ।

बिरामीको उपचार गरिने वार्डमै गएर मुसा छिर्यो भने त गाह्रो हुन्छ । मनिटरलगायत मेसिनका तारहरु काट्ने गर्छ डा. दासले भने । यसरी कीरा मार्ने काम हरेक वर्ष हुने गरेको डा. दासले बताए ।

सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुक दर्तावाला फर्मबाट मासिक रुपमा के कति दरदरेटमा उक्त कार्य गर्न सक्ने हो। सोको गोप्य सिलबन्दी प्रस्ताव १५ (पन्ध्र) दिनभित्र बुझाउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ, सूचनामा लेखिएको छ । यो सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिएको छ ।

मुसाले भेन्टिलेटर, वायरिङ, सर्भरको तार काटेर दुख दिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले बताए । ‘कीरा मार्न, केही व्यक्तिलाई बोलाए जसरी काम गर्न मन लागेन’, निर्देशक काफ्लेले भने, ‘प्रतिस्पर्धा र पारदर्शिता होस् भनेर पहिलो पटक सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेका हौं ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : १३ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै