१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, ११ बजे केन्द्रीय समिति



काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा स्थायी समिति बैठक बसिरहेको छ ।

बैठकमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । यसैगरी अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको प्रस्तावमाथि गु्रप छलफलबाट निस्कने प्रश्नहरुको कसरी जवाफ दिने भन्नेबारेमा छलफल हुँदैछ ।

आज बिहान ११ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेससँग गठबन्धन र बामपन्थी शक्तिसँग सहकार्यको प्रस्तावसहित अध्यक्ष प्रचण्डले प्रस्तुत प्रतिबेदनमाथि आजबाट समूहगत छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ०८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्