९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै मजदुरहरुद्वारा नागरिक उड्डयन प्राधिकरण अगाडि प्रदर्शन



काठमाडौं । साामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स ¥याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।

आईतवार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो ।

युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमिकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।

युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताए ।

उनले भने, “हामीले बारम्बार नागरिक उड्ययन प्राधिकरणलाई श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्यो भन्यौँ । नेपाल सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्छ, सामाजिक सुरक्षा ऐन लागू गर्न भन्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखामा बारम्बार ताकेता गर्दा ठेकेदारलाई केही भन्न नसक्ने र ठेकेदारलाई झनै प्रोत्साहन गरेकोले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ, यो सांकेतिक मात्रै हामी भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यहाँको ठेकेदार कम्पनी, इन्जिनियरिङ शाखा, नागरिक उड्ययन प्राधिकरण भ्रष्टाचारको आडमा सामाजिक सुरक्षा भत्ता काटेन भनेर उजुरी हाल्नेछौँ, नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्नेछौँ ।”

उनले यो मुद्दालाई अन्तर्राष्ट्रिय आयोगमा पनि सुनुवाइका लागि मुद्दा हाल्ने चेतावनी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १ : ४३ बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह