७ आश्विन २०८३, बुधबार | September 23, 2026

अफगानिस्तानमा रहेका नागरिकलाई भारतस्थित दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह



काठमाडौं । सार्क मुलुक अफगानिस्तानको अधिकांश भूभाग विद्रोही तालिवानले कब्जा गर्न थालेपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

हालसम्म सरकारसँग अफगानिस्तानमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै छ्रैन । नेपालबाट रोजगारीको गन्तव्य नभएपनि अफगानिस्तानमा सयौं नेपाली कार्यरत रहेका छन् । अमेरिकी लगायत नेटो देशका दूतावासका लागि काम गर्ने विभिन्न भेन्डर कम्पनीहरुमार्फत ती नेपाली अफगानिस्तान पुगेका छन् । तर अमेरिकाले एकाएक सेना फिर्ता गरेपछि ग्रिन जोनमा बसेर काम गर्ने विदेशी नागरिक तालिवानको निशाना बन्ने आशंकमा ती देशहरुले धमाधम आफ्ना नागरिक फिर्ता गरेका छन् । नेपालले भने बल्ल त्यहाँ रहेका आफ्ना नागरिकलाई सम्पर्कमा आउन तयारी गर्दैछ ।

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा काम गर्ने झण्डै १५ सय नेपालीलाई अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताए । सचिव पौडेलले उअलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जनाएका छन् । सो समितिले अफगानिस्तानमा रहेका नेपाली कामदारबारे बुझ्न, आवश्यकता अनुसार उद्धारका लागि योजना बनाउनेछ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले त्यहाँ कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको जानकारी गराएका छन् । श्रम मन्त्रालयमा आइतवारै बसेको बैठकले अफगानिस्तानका विभिन्न सहरमा रहेका नेपालीलाई उद्धारका लागि तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । श्रम मन्त्रालयका अधिकारीहरु र वैदेशिक रोजगार व्यवसायी संघ बीचको बैठकले युद्धग्रस्त अफगानिस्तानमा अलपत्र नेपालीलाई भारतस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।
दूतावासको सम्पर्कमा आएपछि मात्रै उनीहरुको उद्दार सम्भव रहेको बताइएको छ ।

अमेरिकाले अचानक अफगानिस्तान छोडेपछि तालिवान विद्रोहीहरुले देशका विभिन्न भूभाग कब्जा गर्दै राजधानी काबुलसम्मै पुगेका छन् । विद्रोहीहरु कावुल पुगेपछि राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई काबुल प्रवेश गर्ने गेटमै रोकिन निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई