२९ चैत्र २०८२, आइतबार | April 13, 2026

माओवादी निर्णय : जिल्ला समिति खारेज, पुषमा राष्ट्रिय सम्मेलन



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको राजनीतिक र विधान प्रतिवेदन पारित गर्दै सकिएको छ ।

<रशनिवार र आइतबार दुई दिन बसेको बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादीले सबै जिल्ला समिति खारेज गर्दै समन्वय समितिमा रूपान्तरण गरेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको जानकारी दिए।

<बैठकले देशमा अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको बताए । ‘प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने, राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक छ’, बैठकको निष्कर्ष बारे श्रेष्ठले भने ।

बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समुहगत छलफल भएको थियो । त्यसपछि समुहगत छलफलबाट आएको निस्कर्षलाई समुह प्रमुखहरूले प्रस्तुत गरेका थिए ।

समापन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गर्न आवश्यक रहेको बताएका थिए । उनल  अहिले पार्टीमा बुर्जुवाकरण भएको बताउँदै नेताहरू सुध्रिनुपर्ने अन्यथा पुस्तक लेखेर बसेहुने बताएका थिए ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : २६ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्