१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादी निर्णय : जिल्ला समिति खारेज, पुषमा राष्ट्रिय सम्मेलन



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको राजनीतिक र विधान प्रतिवेदन पारित गर्दै सकिएको छ ।

<रशनिवार र आइतबार दुई दिन बसेको बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादीले सबै जिल्ला समिति खारेज गर्दै समन्वय समितिमा रूपान्तरण गरेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको जानकारी दिए।

<बैठकले देशमा अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको बताए । ‘प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने, राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक छ’, बैठकको निष्कर्ष बारे श्रेष्ठले भने ।

बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समुहगत छलफल भएको थियो । त्यसपछि समुहगत छलफलबाट आएको निस्कर्षलाई समुह प्रमुखहरूले प्रस्तुत गरेका थिए ।

समापन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गर्न आवश्यक रहेको बताएका थिए । उनल  अहिले पार्टीमा बुर्जुवाकरण भएको बताउँदै नेताहरू सुध्रिनुपर्ने अन्यथा पुस्तक लेखेर बसेहुने बताएका थिए ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : २६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान