७ श्रावण २०८३, बिहिबार | July 24, 2026

माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित कोटा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला, दलितका लागि कोटा निर्धारण गरेको बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहनेगरी कोटा निर्धारण गरिएको छ ।

त्यस्तै, पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले आगामी ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य गणेश साहले बताए ।

बैठकले प्रतिगमनको खतरा कायमै रहको भन्दै वाम लोकतान्त्रिक गठबन्धन आवश्यक पर्दासम्म कायम राख्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक विषयको प्रस्ताव पारित भएको बताए । राष्ट्रिय सम्मेलन गर्न चारमहिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णयसमेत बैठकले गरेको छ ।

यसैगरी, माओवादीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदम असफल भएको निष्कर्ष निकालेको छ । ‘प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा टरिसकेको छैन,’ प्रवक्ता श्रेष्ठले भने । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ३५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी