२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रातभर लाम लागेर खोपको प्रमाणीकरण



काठमाडौं । अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो । उठ्यौं र तयार भयौं । जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल । जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए । जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए ।

उनीहरूको समस्या बुभ्mने हाम्रो हुटहुटी झरीले रोक्न सकेन । दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २ः१५ बजे देखाएको थियो । पानी परिरहेकै थियो । अस्पताल गेट अगाडिको सडकपेटी खचाखच थियो । कोही मोबाइलमा व्यस्त थिए, कोही निदाएका । कोही एकापसमा दुःख र पीडाका कुरा गरिरहेका थिए । सरकारले खोप प्रमाणीकरणलाई व्यवस्थित नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।

अस्पतालमा सबैभन्दा पहिले पुगेका थिए, धनबहादुर महर्जन । स्वयम्भूका महर्जन गेटको एक कुनामा बसेर आफ्नो पालो मिचिएला कि भनेर चनाखो देखिन्थे । उनी पहिलो नम्बरमा पर्न शनिबार बिहान १० बजे नै गेटमा गएर बसेका रहेछन् । त्यहीँ नै रात कटाए ।

‘कोरोनाले विदेश जान अर्को कागज थप्यो। खोप लगाएर मात्रै भएन, यसको पनि प्रमाणपत्र र क्यूआर कोर्डका लागि लाइन नलागे उपाय छैन’, उनले भने, ‘दैनिक २ सय जनाभन्दा बढीले यो सेवा पाउँदैनन् । २ सय जनाभित्र पर्न अघिल्लै दिन आउनुको विकल्प छैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ४४ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास