२५ चैत्र २०८२, बुधबार | April 9, 2026

साउनको अन्तिम सोमवार पशुपतिमा भक्तजनहरुको भीड



काठमाडौं । आज साउन महिनाको अन्तिम सोमवार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ ।

साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमवार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ ।

सोमवार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् ।

सोमवार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुगेकी अम्बिका (लुईंटेल) आचार्यले मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताउँछिन् । पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजागर्न नपाएकोले मन खिन्न भएको बताइन । मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो गरिन् ।

उनले भनिन, “पहिला सधैँभरी भित्र जान पाइन्थ्यो, यो पालि भित्र जान दिइएको छैन, तर बाहिर पनि त्यत्तिकै भीड छ, भित्र जान खुलाएको भए हुन्थ्यो, भक्तजनहरु आउन पाउनुहुन्थ्यो, भित्र जान दिइएको भए स्पेस पनि बढ्थ्यो, मान्छेलाई कोरोनादेखि डरै लागिरा छैन जस्तो लागिराछ, नत्र हामी पनि यसरी आउँदैन थियाँै, कोरोना त वर्षौंसम्म चल्छ, सरकारले व्यवस्थित गरेर लाइनमा सामाजिक दूरी कायम गरेर भित्र जान दिएको भए हुन्थ्यो ।”

त्यसैगरी पशुपतिनाथ दर्शनका लागि पुगेकी साधुदेवी कुँवरले सधैँ आएको बानि बसेकोले मन्दिरमा दर्शन गर्न आएको बताए । उनले यस्तो बेला सकेसम्म घरमै बस्न राम्रो भएपनि मन्दिर आउने बानी परेकोले दर्शनका लागि आएको बताइन ।

उनले भनिन “सधैँ आएको बानी बसेको भएर आउनुपर्यो, नआए त हुन्थ्यो, यस्तोमा कोरोना सर्ने सम्भावना धेरै हुन्छ, मन्दिर आउने बानी भएकोले बाध्य भएर आएका हौँ ।”

कोरोना भाइरसका कारण सरकारले हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन । तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ । व्रतालु महिलाहरुले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँले चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन् ।

कोरोनाको कारण यसवर्ष आराध्यदेव पशुपतिनाथको मन्दिर बन्द भएपनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ । व्रतालुहरु मन्दिर परिसर बाहिर रहेका शिवलिङ्गहरुमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : ४९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास