२० असार २०८३, शनिबार | July 4, 2026

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष बैठकमा नजाने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले सो सम्बन्धमा छलफल गर्न बैठक बोलाएका हुन । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै ओलीले कडा आपत्ति जनाउँदै अवेर राती वक्तब्य नै प्रकाशित गरेका थिए ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै एमालेले दल विभाजनको अध्यादेश आउने आँकलन गरेको छ । सरकारले दल विभाजसम्बन्धी अध्यादेश ल्याउने आशंका गर्दै एमालेको सोमबार रातीनै उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच बालकोटमा बैठक बसेको थियो । सोही बैठकको निर्णयका आधारमा छलफलका लागि स्थायी समिति र संसदीय दलको बैठक बोलाएको हो ।

पार्टीको विवाद अन्त्य गरेर एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइए पनि नेपाल पक्ष सहभागी नहुने भएको छ ।

नेपाल पक्षका नेता युवराज ज्ञवालीले मंगलबारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दुवै बैठकमा सहभागी नहुने बताए ।

स्थायी कमिटी बैठकमा अनिवार्य उपस्थित हुन भन्दै म्यासेज भने आएको उनको भनाइ छ । ‘हामी बैठकमा उपस्थित हुदैनौं,’ उनले भने, ‘पार्टीमा कुनै सहमति नगरी बैठकमा उपस्थित हुने भन्ने कुरा हुँदैन, बैठकमा जादैनौं ।’

आजको बैठकमा ओलीपक्षबाट हुने गतिविधि हेरेर थप निर्णय गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ८ : ५६ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता