३ पुस २०८२, बिहिबार | December 18, 2025

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष बैठकमा नजाने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले सो सम्बन्धमा छलफल गर्न बैठक बोलाएका हुन । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै ओलीले कडा आपत्ति जनाउँदै अवेर राती वक्तब्य नै प्रकाशित गरेका थिए ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै एमालेले दल विभाजनको अध्यादेश आउने आँकलन गरेको छ । सरकारले दल विभाजसम्बन्धी अध्यादेश ल्याउने आशंका गर्दै एमालेको सोमबार रातीनै उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच बालकोटमा बैठक बसेको थियो । सोही बैठकको निर्णयका आधारमा छलफलका लागि स्थायी समिति र संसदीय दलको बैठक बोलाएको हो ।

पार्टीको विवाद अन्त्य गरेर एकता गर्न प्रयासरत एमालेको आजका दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइए पनि नेपाल पक्ष सहभागी नहुने भएको छ ।

नेपाल पक्षका नेता युवराज ज्ञवालीले मंगलबारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दुवै बैठकमा सहभागी नहुने बताए ।

स्थायी कमिटी बैठकमा अनिवार्य उपस्थित हुन भन्दै म्यासेज भने आएको उनको भनाइ छ । ‘हामी बैठकमा उपस्थित हुदैनौं,’ उनले भने, ‘पार्टीमा कुनै सहमति नगरी बैठकमा उपस्थित हुने भन्ने कुरा हुँदैन, बैठकमा जादैनौं ।’

आजको बैठकमा ओलीपक्षबाट हुने गतिविधि हेरेर थप निर्णय गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ८ : ५६ बजे

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा