४ कार्तिक २०८३, बुधबार | October 21, 2026

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक शुरु भए लगत्तै स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक प्रारम्भ हुनासाथ स्थगित भएको छ । बैठकको प्रारम्भमा नै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख पुर्ण घर्तीले बुधबार १ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।

बैठक शुरु भए लगत्तै एमाले प्रमुख सचेतक भुमिक्कवर ढकालले समय माग गर्दै एमालेबाट अनुशासनकाे कारवाहीमा परेका २ सांसदलाई पदमुक्त गरिएकाे सूचना नसुनाएसम्म बैठक चल्न नसक्ने बताएका थिए । सभामुख घर्तीले प्रक्रिया अनुसार निर्णय हुने भन्दै बैठक अगाडी बढाएका थिए । बैठक प्रारम्भ गर्दै एमालेको अवरोधकैबीचमा सभामुख घर्तीले प्रदेश प्रमुखको प्रदेशसभा अधिवेशन र मन्त्रिपरिषद गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर लगातार अवरोध जनाएपछि सभामुख घर्तीले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  २ : ४९ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने