१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेको केन्द्रीय कमिटी संख्या २६०, अद्यावधिक गर्न निर्वाचन आयोगमा पठायो सदस्यहरुको सूची



काठमाडौं । सरकारले राजनीतिक दलविभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको छ ।

एमालेले मंगलबार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोग पठाएको हो । एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न पार्टी निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ ।

२०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय रहेको थियो । तर नेकपा खारेजभएसँगै अध्यक्ष ओली पक्षले केन्द्रीय कमिटीको संख्या २६४ पुर्याएको थियो ।

यसमध्ये केही केन्द्रीय सदस्यको निधन भएको छ भने प्रकाश ज्वालालाई पार्टी सदस्यताबाटै निस्काशन गरेको छ । एमालेले माधवकुमार नेपाललाई समर्थन गर्ने ८ जना समानुपातिक सांसदहरुलाई पनि कारवाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ३ : ५८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्