काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने चेष्टा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने उद्देश्यले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश कांग्रेसका लागि महंगो पर्ने चेतावनी दिए ।
गलत मनासाय राखेर ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने ओलीले बताए । अध्यादेश फिर्ता लिएर तीन दिनभित्र संसद नबोलाए राम्रो नहुने ओलीको भनाइ थियो ।
अध्यादेशले सर्वोच्च अदालतको आदेशलाई समेत अवहेलना गरेको ओलीले बताए ।
प्रतिक्रिया