१५ बैशाख २०८१, शनिबार | April 27, 2024

राष्ट्रपतिलाई सरकारको ब्रिफिङ : अध्यादेशको प्रमुख उद्देश्य महन्थ ठाकुरलाई पार्टीबिहीन हुनबाट बचाउनु



काठमाडौं । नेकपा एमालेले एमाले फुटाउने मुख्य उद्देश्य राखेर अध्यादेश ल्याईएको बताउँदै सडक आन्दोलन नै शुरु गरेपनि सरकारले भने एमाले फुटाउने उद्देश्यबाट अध्यादेश नआएको दाबी गरेको छ । अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गर्दै सरकारले अध्यादेशमा एमाले फुटाउने उद्देश्य नराखिएको स्पष्ट पारेको हो ।

राष्ट्रपति भण्डारीसँग अध्यादेशको उपादेयीताबारे स्पष्ट पार्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दल विभाजन अध्यादेश एमाले फुटाउने उद्देश्यले नभई महन्थ ठाकुरलाई पार्टीबिहीन हुन नदिन ल्याईएको जानकारी दिएको छ ।

अध्यादेश प्रमाणिकरणका लागि आग्रह गर्दै मन्त्री कार्कीबाट जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएसँगै महन्थ ठाकुर पार्टीविहीन भएकाले उनको सहजताका लागि अध्यादेश आएको ब्रिफिङ राष्ट्रपति भण्डारीलाई गरिएको राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालले बताए ।

जसपामा ठाकुर पक्षका १२ सांसद छन् भने केन्द्रीय कार्यकारिणीमा १६ जना छन् । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याको प्रावधानले उनलाई नयाँ पार्टी बनाउन सहज हुनेछ । त्यसैगरी प्रस्तावित अध्यादेशबाट संसदीय दलमा ४० प्रतिशत संख्‍या पुर्‍याउन कठिन नेपाल पक्षलाई पनि विभाजनको लागि सहज हुनेछ

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : १२ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको