२० असार २०८३, शनिबार | July 4, 2026

अहिले अध्यादेशको समर्थन गर्नेले पहिला ओलीले ल्याउँदा विरोध गरेकोमा माफी माग्नुपर्छ : गगन थापा



काठमाडौं । आफ्नै सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुले आलोचना गरिरहेका छन् ।

कांग्रेस नेता गगन थापाले संसद अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याइनु गलत भएको बताएका छन् । नेता थापाले बुधबार बिहान ट्वीट गरेर अध्यादेशको विरोध गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिने प्रावधान राख्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेको थियो । आफ्नो पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै एमालेले हिजै कडा आपत्ति जनाएको थियो ।

अध्यादेशको कांग्रेसकै धेरे नेताले विरोध गरेका छन् । नेता थापाले अहिले अध्यादेशको समर्थन गर्नेहरुले हिजो ओलीले ल्याएको गलत भन्न नपाउने जिकिर गरेका छन् ।

थापाले भनेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत । हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

https://twitter.com/thapagk/status/1427831835984236547

सरकारले ल्याएको अध्यादेश अहिलेसम्म राष्ट्रपतिले स्वीकृत गरिसकेकी छैनन् ।

 

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : १० बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति