६ पुस २०८२, आइतबार | December 21, 2025

दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी हुने, त्यसलगत्तै माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने



काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी हुनेभएको छ ।

सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकबाट दल विभाजनसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । सरकारले निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गर्ने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले अध्यादेश जारी गनुपूर्व कानूनविद्हरुसँग छलफल गर्नसक्ने बताइएको छ ।

पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत मात्र सदस्यहरुले नयाँ राजनीतिक दल बनाउन पाउने प्रावधानसहित सरकारले दल विभाजन अध्यादेश ल्याएको हो । यसअघि केपी ओलीको सरकाले ल्याएको अध्यादेशको चर्को विरोध गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन सरकार बनाए लगत्तै यो विवादस्पद अध्यादेश ल्याएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा कुनै पनि पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्यहरु पुगेमात्र दल विभाजन गर्न पाइने प्रावधान रहेको थियो ।

गठबन्धन सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई नयाँ दल दर्ता गर्न सजिलो बनाउने उद्देश्यले यो अध्यादेश ल्याइएको हो । अध्यादेशले हाल दलविहीन अवस्थामा रहेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई पनि ठूलो राहत मिल्ने भएको छ ।

नेकपा एमालेसहित गठबन्धनकै सहयात्री दल र तिनका नेताहरुले भने अध्यादेशको विरोध गरेका छन् ।

राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै एमालेको नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने बुझिएको छ । नेपाल पक्ष राष्ट्रपति कार्यालयको निर्णयको प्रतिक्षामा रहेको छ ।

तर एमालेले भने नेपाल पक्षका १४ जना सांसदहरुलाई पदमुक्त गर्न मंगलबार संसद सचिवालयमा सूचना दर्ता गराएको छ । यद्यपी, सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा कुनै निर्णय भने गरिसकेका छैनन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १२ : ५३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको