२० असार २०८३, शनिबार | July 4, 2026

केपी ओलीको निरंकुश तानाशाही र व्यक्तिवादी प्रवृति विरुद्ध विद्रोह : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताए ।

शहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका बेला हामीले पार्टी भित्रैको निरंकुश प्रवृतिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहो¥याए ।

अध्यक्ष प्रचण्डले भने, ‘सम्पूर्ण उपलब्धिलाई धराशायी पार्ने एउटा प्रवृति देखा प¥यो । जसलाई हामीले प्रतिगामी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारी प्रवृति भन्यौ । त्यो प्रवृति कम्युनिष्ट पार्टी भित्रै देखा प¥यो । हाम्रो कोसिस थियो कि हामी कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरु शक्तिलाई पनि सच्याउने प्रक्रियाबाट जाने भन्ने थियो । तर त्यस्तो भएन । कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति देखा प¥यो । र हामीले त्यसका विरुद्ध संघर्ष गर्नु प¥यो । हामीले निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यक्ता महशुस ग¥यौ । विद्रोह गर्नैपर्ने स्थिति देख्यौं । र हामीले विद्रोह ग¥यौं ।’

प्रचण्डले आफै भित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गरे । नयाँ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनपर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढनुपर्ने अवस्था रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  २ : ०२ बजे

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७