२९ असार २०८३, सोमबार | July 13, 2026

एमाले विभाजित भएकै दिन बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीमा नियुक्त



काठमाडौं । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएकै दिन बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएको छ । बुधबार एमाले उाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नव नियुक्त मुख्यमन्त्री शाक्यको बुधबार राति नै शपथ सपथ ग्रहण समेत भईसकेको छ ।

आजै नेकपा एमाले एमाले संसदीयदलका नेता रहेका पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि एमाले संसदीयदलले सर्वसम्ममत शाक्यलाई संसदीयदलको नेता चुनेको थियो । संसदीयदलको नेता चयन भए लगत्तै शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।

नेपालपक्षकी अग्रपङ्तीकी नेतृकारुपमा चिनिँदै आएकी शाक्य मुख्यमन्त्री बनिसकेपछि नेपाल पक्षमा खुल्ने आंकलन समेत गरिएको छ ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा शाक्यलाई बहुमत पुग्छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : ०८ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले