४ कार्तिक २०८३, बुधबार | October 21, 2026

ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक



काठमाडौं । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन ।

२०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो । गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भयो । केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेको भए ठाकुर पक्षले एक महिनाअघि नै नयाँ पार्टी गठन गर्ने थियो ।

अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो ।

जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो । त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो । त्यसैले ठाकुर पक्षले जसपामै रहेर नयाँ पार्टीको अभ्यास गरिरह्यो ।

पार्टी अध्यक्ष यादवले ठाकुर पक्षलाई निरन्तर पेल्दै गए । सुरुमा यादवले ठाकुरलाई अध्यक्षबाट हटाए । त्यसपछि ठाकुर र उनीनिकट नेताहरूलाई कार्यकारिणी समितिबाट हटाइयो । निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा ठाकुरलाई साथ दिएका १६ जनालाई केन्द्रीय सदस्य पदबाट समेत हटाइयो । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ७ : ०० बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने