१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

साफ च्याम्पियनसिप: यस्तो छ नेपालको खेल तालिका



काठमाडौं । आगामी अक्टोबर १ बाट माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

माल्दिभ्सको राजधानी मालेस्थित माले राष्ट्रिय रंगशालामा हुने प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन श्रीलंका र बंगलादेश पनि प्रतिस्पर्धा गर्दैछन् ।

लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । श्रीलंकाविरुद्ध नेपालको खेल अक्टोबर ३ मा खेलिने तालिका रहेको छ । त्यसपछि नेपालले भारतविरुद्ध तेस्रो लिग खेल अगाडि ४ दिनको आराम पाउनेछ ।

भारतविरुद्ध नेपालको खेल अक्टोबर ८ मा रहेको छ । त्यसैगरी लिग चरणको आफ्नो अन्तिम खेल तालिका अनुसार नेपालले अक्टोबर ११ मा बंगलादेशको सामना गर्नेछ । लिग चरणको समापनसँगै अंक तालिकामा शीर्ष दुई स्थानमा रहन सफल राष्ट्रले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एसियाली फुटबलको सर्वोच्च उपाधि साफ च्याम्पियनसिपको फाइनल खेल अक्टोबर १३ मा खेलिने छ ।

दक्षिण एसियाली महासंघ (साफ)सँग आबद्ध राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने यस साफ प्रतियोगितामा पाकिस्तान र भुटान भने अनुपस्थित रहनेछन् । पाकिस्तान फिफाको कालो सूचीमा परेको कारण तथा भुटानमा कोरोना महामारीको कारण भ्रमणमा रोक लगाइएको कारण यस संस्करणको साफ च्याम्पियनसिपमा मात्र ५ राष्ट्रको सहभागिता रहनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण अहिले पोखरामा जारी छ । बन्द प्रशिक्षणमा हाल २८ खेलाडी सम्मिलित छन् ।

साफ च्याम्पियनसिपमा नेपालको खेल तालिका

अक्टोबर १
प्रतिद्वन्दी: माल्दिभ्स
नेपाली समय: साँझ ४:४५
फिफा वरियता: १५८

अक्टोबर ३
प्रतिद्वन्दी: श्रीलंका
नेपाली समय: राति ९:४५
फिफा वरियता: २०५

अक्टोबर ८
प्रतिद्वन्दी: भारत
नेपाली समय: राति ९४५
फिफा वरियता: १०५

अक्टोबर ११
प्रतिद्वन्दी: बंगलादेश
नेपाली समय: साँझ ४:४५
फिफा वरियता: १८८

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ८ : ५३ बजे

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा