१५ चैत्र २०८२, आइतबार | March 29, 2026

साफ च्याम्पियनसिप: यस्तो छ नेपालको खेल तालिका



काठमाडौं । आगामी अक्टोबर १ बाट माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

माल्दिभ्सको राजधानी मालेस्थित माले राष्ट्रिय रंगशालामा हुने प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन श्रीलंका र बंगलादेश पनि प्रतिस्पर्धा गर्दैछन् ।

लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । श्रीलंकाविरुद्ध नेपालको खेल अक्टोबर ३ मा खेलिने तालिका रहेको छ । त्यसपछि नेपालले भारतविरुद्ध तेस्रो लिग खेल अगाडि ४ दिनको आराम पाउनेछ ।

भारतविरुद्ध नेपालको खेल अक्टोबर ८ मा रहेको छ । त्यसैगरी लिग चरणको आफ्नो अन्तिम खेल तालिका अनुसार नेपालले अक्टोबर ११ मा बंगलादेशको सामना गर्नेछ । लिग चरणको समापनसँगै अंक तालिकामा शीर्ष दुई स्थानमा रहन सफल राष्ट्रले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एसियाली फुटबलको सर्वोच्च उपाधि साफ च्याम्पियनसिपको फाइनल खेल अक्टोबर १३ मा खेलिने छ ।

दक्षिण एसियाली महासंघ (साफ)सँग आबद्ध राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने यस साफ प्रतियोगितामा पाकिस्तान र भुटान भने अनुपस्थित रहनेछन् । पाकिस्तान फिफाको कालो सूचीमा परेको कारण तथा भुटानमा कोरोना महामारीको कारण भ्रमणमा रोक लगाइएको कारण यस संस्करणको साफ च्याम्पियनसिपमा मात्र ५ राष्ट्रको सहभागिता रहनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण अहिले पोखरामा जारी छ । बन्द प्रशिक्षणमा हाल २८ खेलाडी सम्मिलित छन् ।

साफ च्याम्पियनसिपमा नेपालको खेल तालिका

अक्टोबर १
प्रतिद्वन्दी: माल्दिभ्स
नेपाली समय: साँझ ४:४५
फिफा वरियता: १५८

अक्टोबर ३
प्रतिद्वन्दी: श्रीलंका
नेपाली समय: राति ९:४५
फिफा वरियता: २०५

अक्टोबर ८
प्रतिद्वन्दी: भारत
नेपाली समय: राति ९४५
फिफा वरियता: १०५

अक्टोबर ११
प्रतिद्वन्दी: बंगलादेश
नेपाली समय: साँझ ४:४५
फिफा वरियता: १८८

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ८ : ५३ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक