४ कार्तिक २०८३, बुधबार | October 21, 2026

मोटरसाईकल चोर चोरीको मोटरसाईकल सहित पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२(०१२प ७०६६नम्वरको कालो रातोरंङको २२० सीसीको पल्सर मोटरसाईकलमा हिँडिरहेका मोटरसाईकल चोरीमा संलग्न एकजनालाई नयाँबसपार्क, गंगबुबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्दै आएका २२ वर्षिय तेज थापा मगर रहेका छन् । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश३(०२( ०१० प ९४४६ खुल्न आएको महानगरिय ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त नम्वरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरीपाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका (३घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएको एसएसपी भट्टराईले बताए । उनले निवेदकै आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वोर पठाईएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : २० बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने