१५ चैत्र २०८२, आइतबार | March 29, 2026

माधव नेपालको पार्टीको नामबाट ‘एमाले’ हट्यो, नेकपा एकीकृत समाजवादी रहने



काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एमाले समाजवादीले पार्टीको प्रस्तावित नाम परिवर्तन गर्नुपर्ने भएको छ ।

सरकारले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालको नेतृत्वमा एमाले समाजवादी नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवदेन दिएपनि नेकपा एमालेसँग मिल्ने भएपछि नाम परिवर्तन गर्नुपरेको हो ।

गत २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार एमाले समाजवादी राख्दा कानूनी अड्चन आउने देखिएपछि नाम परिवर्तन गरेको छ ।

नेपाल पक्षले अब पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्नेभएको छ ।

अध्यादेशअनुसार निर्वाचन आयोगले नियमावली संशोधन गरिसकेका कारण नेपालको पार्टी दर्ताको प्रक्रिया छिटो सुरु हुने भएको छ । नामको टुंगो लगाएर पुनः निवेदन दिए वित्तिकै आयोगले दर्ता प्रक्रिया अघि बढाउनेछ ।

अहिले राखिएको नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटी ९५ जनाको रहेको छ । माधवकुमार नेपाल अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । तर, यो पार्टीमा राखिएका केही व्यक्तिहरुले भने आफ्नो असहमति राख्दै पछि हटेका छन् ।

उता आफ्नो पार्टीबाट विद्रोह गरी नेपाल पक्षले नेकपा एमाले नाम जुधाएको भन्दै एमालेले निर्वाचन आयोगमा पुगेर आपत्ति जनााएको छ । एमाले नाममा कुनै पनि दल दर्ता नगर्न एमालेले आयोगलाई दबाब दिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : १९ बजे

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली