४ पुस २०८२, शुक्रबार | December 20, 2025

माधव नेपालको पार्टीको नामबाट ‘एमाले’ हट्यो, नेकपा एकीकृत समाजवादी रहने



काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एमाले समाजवादीले पार्टीको प्रस्तावित नाम परिवर्तन गर्नुपर्ने भएको छ ।

सरकारले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालको नेतृत्वमा एमाले समाजवादी नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवदेन दिएपनि नेकपा एमालेसँग मिल्ने भएपछि नाम परिवर्तन गर्नुपरेको हो ।

गत २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार एमाले समाजवादी राख्दा कानूनी अड्चन आउने देखिएपछि नाम परिवर्तन गरेको छ ।

नेपाल पक्षले अब पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्नेभएको छ ।

अध्यादेशअनुसार निर्वाचन आयोगले नियमावली संशोधन गरिसकेका कारण नेपालको पार्टी दर्ताको प्रक्रिया छिटो सुरु हुने भएको छ । नामको टुंगो लगाएर पुनः निवेदन दिए वित्तिकै आयोगले दर्ता प्रक्रिया अघि बढाउनेछ ।

अहिले राखिएको नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटी ९५ जनाको रहेको छ । माधवकुमार नेपाल अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । तर, यो पार्टीमा राखिएका केही व्यक्तिहरुले भने आफ्नो असहमति राख्दै पछि हटेका छन् ।

उता आफ्नो पार्टीबाट विद्रोह गरी नेपाल पक्षले नेकपा एमाले नाम जुधाएको भन्दै एमालेले निर्वाचन आयोगमा पुगेर आपत्ति जनााएको छ । एमाले नाममा कुनै पनि दल दर्ता नगर्न एमालेले आयोगलाई दबाब दिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको