१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एकीकृत समाजवादीको केन्द्रीय कमिटीे बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) दोस्रो दिन बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसिरहेको छ ।

मंगलबारबाट सुरु भएको बैठक आज विभिन्न प्रस्तावमाथि छलफल गरी टुंग्याउने तयारी रहेको बताइएको छ । बैठकमा पेस भएका पाँचवटा प्रस्तावमाथि छलफल आजै सकेर बैठक समापन गर्ने तयारी रहेको एककिृत समाजवादी प्रचार विभागले जनाएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपाललगायतले राजनीतिक प्रस्ताव पेस गरेका थिए भने अन्य नेताहरूले केन्द्रीय कमिटी विस्तार, कार्यविभाजन, चुनाव चिह्न र समसामयिक विषयमा प्रस्ताव पेस गरेका थिए ।

पार्टीले वैधानिकता पाएपछि एकीकृत समाजवादी यो पहिलो बैठक हो । यसअघि पार्टीले वैधानिकता पाउनुअघि भदौ ८ गते केन्द्रीय कमिटी बैठक बसेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५८ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न