६ श्रावण २०८३, बुधबार | July 22, 2026

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् श्रेष्ठको माग



काठमाडौं । सिमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिमाविद् श्रेष्ठद्धारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सिमाविद् श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको श्रेष्ठले बताए । उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

श्रेष्ठले भने – ‘अब नेपालको बढेको क्षेत्रफल कति हो त ? सविकमा १ लाख ४७ हजार १८१ वर्ग कि.मि. थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन । यसले गर्दा लोकसेवा आयोगका परिक्षार्थिलाई मार परेको छ । मैले आफैले विभिन्न नक्सा अध्ययन गरेर हेर्दाखेरी साविक क्षेत्रफलमा ८२६ वर्ग कि.मि. भूभाग थपिएको मलाई लाग्दछ । त्यसमा सरकारले भन्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

सिमाविद् श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक भएको छ । पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको उनले बताए ।

नेपाल–भारतमा भएका सिमा समस्या, सिमा अध्ययन गर्न जाँदा आफुले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको छ । नेपालको नक्साको द्धन्द, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ४ : १२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको