७ चैत्र २०८२, शनिबार | March 21, 2026

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारवाही गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरित काम गरेको भन्दै चर्को आलोचना भईरहेका बेला समितिले तत्काल छानवीन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो ।

नियमक निकाय आफंैले पदीय मर्यादाविपरित सेयर कारोबार गरेकाले तत्काल छानवीन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानविन भईरहेको जानकारी प्राप्त भएको छ । उक्त छानविन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।’

बैठकले सेयर बजारको दीगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले पूँजी बजारको नियमक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पूँजी बजारको नियमक निकायलाई पारदर्शी र जवाफदेही बनाउनेगरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन । उनले बोर्ड र नेप्सेका पदाधिकारीहरुलाई पदमा बहाल रहूँञ्जेल पूँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिइन ।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए ।

समितिका सदस्य श्यामकुमार श्रेष्ठले पूँजी बजारभित्र देखिएका बेथितिको अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए । उनले पूँजी बजारमा नियमक निकाय आफैले कारोबार गर्न पाउन व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादाविपरित काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरुमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । शर्माँले बोर्ड र नेप्सेका पदाधिकारीहरुले अनुचित ढंगले परिवारका सदस्यको समेत सेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले छानवीनको कामलाई अन्तिम चरणका पु¥याएको पनि समितिलाई जानकारी दिए । अर्थमन्त्री शर्माले सर्वसाधारणको विश्वास जित्ने गरी सेयर बजारलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पदीय मर्यादाविपरित आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको सेयर खरिद गराएको समाचार विभिन्न समाचार माध्याममा आएपछि अर्थ समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो ।

अर्थमन्त्री शर्माले नियमक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानवीनका लागि ५ सदस्यीय समिति समेत बनाएको समितिको बैठकमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ४ : २२ बजे

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको