४ पुस २०८२, शुक्रबार | December 20, 2025

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५०४ जनामा कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा बिहीबार ५०४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ११८७ जनामा गरिएको नमुना परीक्षणमा थप ५०४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २६८ जना, तनहुँका ३८ जना, गोरखाका ३३ जना, लमजुङका ३९ जना र नवलपुरका २५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ५५ जना, पर्वतका दुई जना, बागलुङका २५ जना र म्याग्दी जिल्लाका १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ५१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७० हजार ७४३ पुगेको छ ।

बिहीबार गण्डकी प्रदेशमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा बागलुङका दुई जना, कास्कीका एक जना, म्याग्दीका एक जना र तनहुँका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२२१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ५ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको