१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५०४ जनामा कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा बिहीबार ५०४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ११८७ जनामा गरिएको नमुना परीक्षणमा थप ५०४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २६८ जना, तनहुँका ३८ जना, गोरखाका ३३ जना, लमजुङका ३९ जना र नवलपुरका २५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ५५ जना, पर्वतका दुई जना, बागलुङका २५ जना र म्याग्दी जिल्लाका १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ५१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७० हजार ७४३ पुगेको छ ।

बिहीबार गण्डकी प्रदेशमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा बागलुङका दुई जना, कास्कीका एक जना, म्याग्दीका एक जना र तनहुँका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२२१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ५ : १४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११