६ बैशाख २०८१, बिहिबार | April 18, 2024

सरकारका १ हजार ५ सय बढी निर्णय, कार्यान्वयन भने फितलो



काठमाडौं । सरकारले एक वर्षको अवधिमा मन्त्रिपरिषद् बैठकबाट मात्रै १ हजार ५ सय २१ निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को वर्षभरिमा ५८ पटक बसेको बैठकबाट १ हजार ५ सय २१ र मन्त्रिपरिषद्अन्तर्गतका समितिको ५४ पटकको बैठकबाट १ सय २९ वटा गरेर जम्मा १ हजार ६ सय ५० वटा विषयमा निर्णय गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको हो ।

सरकारले यसरी विभिन्न विषयमा निर्णय गरे पनि कार्यान्वयनको पक्ष फितलो रहेको पाइएको छ । सरकारले मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद्अन्तर्गतका निकायबाट निर्णय गरे पनि निर्णय कार्यान्वयन गर्ने निकायबाट नै ढिलासुस्ती हुने गरेको छ । कतिपय निर्णयको कार्यान्वयन अवस्था त कहाँ पुग्यो र के हुँदै छ भन्नेबारे समेत सम्बन्धित निकाय अनविज्ञ रहेको पाइएको छ ।

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८ अनुसार मन्त्रिपरिषद्बाट गरिएका निर्णय कार्यान्वयनको सुनिश्चितताका लागि कार्यालयले गरेको अनुगमनका क्रममा २ सय ८४ वटा निर्णयको अनुगमन गर्दा १ सय ९५ वटा निर्णयको विवरण नै नभेटिएको पाइएको छ ।

सो २ सय ८४ वटा निर्णयको अनुगमनमा ६७ वटा मात्र कार्यान्वयन भएको पाइएको थियो भने १९ वटा कार्यान्वयन भइरहेको र तीनवटा कार्यान्वयन नभएको पाइएको थियो । मन्त्रिपरिषद् बैठकका निर्णयहरूको कार्यान्वयन पक्ष कमजोर देखिएपछि महालेखा परीक्षकको कार्यालयले अनुगमन प्रभावकारी बनाउन सुझाएको छ ।

महालेखाले सरकारलाई संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कार्यालयले अनुगमन गरी प्रगति विवरण तयार गर्नुको साथै प्रगति मूल्यांकन गरी समस्या देखिएमा समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्यमान कानुनविपरीत शीर्षकमा खर्च गरेको समेत खुलेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ५ लाखभन्दा बढी लागत अनुमान भएको मालसामान खरिद गर्दा सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था भए पनि कार्यालयले सोझै खरिद विधिबाट १ करोड ९९ लाख ४४ हजार विविध शीर्षकमा खर्च गरेको हो । महालेखाले तोकिएको कार्यविधि एवं मापदण्ड पालना गरी प्रतिस्पर्धात्मक र मितव्ययिता बनाउन निर्देशन दिएको छ ।

सरकारले दैवी प्रकोप उद्धार कोषलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको पाइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अघिल्लो वर्षको मौज्दातसमेत गरेर ४ अर्ब १ करोड ४७ लाख २५ हजार, प्रधानमन्त्री राहत कोषमा १० करोड ९० लाख ७९ हजार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा कोषमा २ करोड ४७ लाख ९६ हजारसमेत गरेर ४ र्अ १४ करोड ८६ लाख आम्दानी भएकोमा सो रकम खर्च नै नभई मौज्दात रहेको पाइएको हो । कोषको मौज्दात रकम उद्देश्यअनुरूप उपयोग गर्नुपर्नेमा सरकारले मौज्दात मात्र राखेको पाइएको हो । आजको राजधानी दैनिकमा टेनिस रोकाले याे समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ४१ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी