१० चैत्र २०८२, मंगलबार | March 24, 2026

माधव पक्षका ५७ नेता ‘बीचमा’



काठमाडौं । विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले नेताहरु एकताकै पक्षमा उभिएका छन् ।

उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञावली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन् ।

५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँद्धे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको छ ।

भेलाको निर्णयबारे जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले एकता प्रयत्न जारी राख्ने बताए । उनले १० बुँदे सहमति तत्काल लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको बताए ।

‘१० बुँद्धे सहमति व्यवहारमा तत्काल कार्यान्वयन हुनुपर्छ । पार्टी अलग खोल्न प्रक्रिया रोक्नुपर्छ। उनीहरूमाथि भएको कारबाही खारेज हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ उनले भने । आन्तरिक विवादको पार्टीभित्रै समाधान खोजिनु पर्ने निश्कर्ष आफूहरूको रहेको उनले बताए ।

उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग राखे । ‘यो अध्यादेशले राजनीतिक अस्थिरता ल्याउँछ र लोकतन्त्रलाई प्रहार गर्छ’, उनले भने। रावलले एकताका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने पनि बताए ।

केन्द्रीय सदस्य निरज आचार्यले भेलाले नेताबीच एकआपसमा आक्षेप लगाउने, चरित्र हत्या गर्नेजस्ता कार्य रोक्न र संयमित रहन आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

भेलामा केन्द्रीय सदस्यहरू अरुण नेपाल, कृष्ण खनाल, जीवन घिमिरे, ठाकुर गैरे, झपट रावल, टंक कार्की, देउमान सम्वाहाम्फे, नरेश खरेल, धर्म निरौला, ममता गिरी, माधव आर्याल, रविन कोइराला, राजबहादुर बुढा, सुधीर शाह, सुरेन्द्र मानन्धर, सोमप्रसाद पाण्डे, हरि राई, श्रीमाया थकाली, रवीन्द्र अधिकारी (नवलपुर) भानुभक्त जोशी, चन्द्रबहादुर शाही, रचना खड्का, मोहमद अन्सारीलगायत थिए ।

शेरबहादुर कुँवर, डा. दीपकप्रकाश भट्टलगायत १० सांसद पनि त्यसमा उपस्थित थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ७ : २६ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने