११ बैशाख २०८१, मंगलबार | April 24, 2024

माधव पक्षका ५७ नेता ‘बीचमा’



काठमाडौं । विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले नेताहरु एकताकै पक्षमा उभिएका छन् ।

उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञावली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन् ।

५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँद्धे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको छ ।

भेलाको निर्णयबारे जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले एकता प्रयत्न जारी राख्ने बताए । उनले १० बुँदे सहमति तत्काल लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको बताए ।

‘१० बुँद्धे सहमति व्यवहारमा तत्काल कार्यान्वयन हुनुपर्छ । पार्टी अलग खोल्न प्रक्रिया रोक्नुपर्छ। उनीहरूमाथि भएको कारबाही खारेज हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ उनले भने । आन्तरिक विवादको पार्टीभित्रै समाधान खोजिनु पर्ने निश्कर्ष आफूहरूको रहेको उनले बताए ।

उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग राखे । ‘यो अध्यादेशले राजनीतिक अस्थिरता ल्याउँछ र लोकतन्त्रलाई प्रहार गर्छ’, उनले भने। रावलले एकताका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने पनि बताए ।

केन्द्रीय सदस्य निरज आचार्यले भेलाले नेताबीच एकआपसमा आक्षेप लगाउने, चरित्र हत्या गर्नेजस्ता कार्य रोक्न र संयमित रहन आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

भेलामा केन्द्रीय सदस्यहरू अरुण नेपाल, कृष्ण खनाल, जीवन घिमिरे, ठाकुर गैरे, झपट रावल, टंक कार्की, देउमान सम्वाहाम्फे, नरेश खरेल, धर्म निरौला, ममता गिरी, माधव आर्याल, रविन कोइराला, राजबहादुर बुढा, सुधीर शाह, सुरेन्द्र मानन्धर, सोमप्रसाद पाण्डे, हरि राई, श्रीमाया थकाली, रवीन्द्र अधिकारी (नवलपुर) भानुभक्त जोशी, चन्द्रबहादुर शाही, रचना खड्का, मोहमद अन्सारीलगायत थिए ।

शेरबहादुर कुँवर, डा. दीपकप्रकाश भट्टलगायत १० सांसद पनि त्यसमा उपस्थित थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : २६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना