२ मंसिर २०८२, मंगलबार | November 18, 2025

केपी ओलीको एकताको आव्हानलाई माधव नेपाल पक्षले दिए यस्तो जवाफ (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकताका लागि आव्हान’ भन्दै गरेको आव्हानलाई वरिष्ठ नेता माधवकुमार नेपालले जवाफ फर्काएका छन् ।

नेता नेपालले जवाफमा संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता हुने जनाएका छन् । जवाफमा नेता नेपालले भनेका छन्, ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।’

उनले प्रेस वक्तव्यमा आफूहरूले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै सर्वोच्च अदालतको फैसला तथा नेकपा (एमाले) को नवौं महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी संगठनलाई पूर्ववत् सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक रहेको उल्लेख गरेका छन् । त्यसप्रति केपी शर्मा ओलीको सकारात्मक दृष्टिकोण र व्यवहार नपाएको वक्तव्यमा जनाएका छन् ।

वक्तव्यमा अगाडि भनिएको छ, ‘अहिले उहाँबाट भनिएको “रचनात्मक योगदान” सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ । अन्यथा आफुले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन ।’

२०७८ साल जेठ २४ गते सम्पन्न नेकपा (एमाले), स्थायी कमिटीका पदाधिकारी तथा सदस्यहरुको बैठकको निर्णय बमोजिम जारी वक्तव्यमा प्रधानमन्त्री समेत रहेका ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह समेत गरेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/jpg2pdf.pdf”]

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : २६ बजे

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै

बुटवलको लक्ष्मीनगरमा रहेको लक्ष्मी माविमा मंसिर १९ देखि २६ गतेसम्म श्रीमद्भागवत धार्मिक महोत्सव हुने

बुटवल । ‘शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका