१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

परिवर्तन



बीरमले कामीको एक मात्र सन्तती, छोरीको रुपमा उदाएकी थिई सुषमा । सुषमा वस्तुतः शोभा थिई, अत्यन्त सुन्दरी । ऊ घरकी मात्र हैन, पूरै बदाल्कोट गाउँकी शोभा थिई । उसको शारीरिक सौन्दर्यता मात्र हैन,अपितु अन्तरात्मामा पनि सुन्दरी थिई । बैचारिक प्रवाहमा पनि ऊ कञ्चन र बैभवशाली थिई, पूँजी र जातमा निर्धन भए तापनि ।

गाउँका अभिजात वर्गको बालीघरे कामी बीरमलेलाई मुखिया रुपबहादुर शाहीको परिवार वाहेक गाउँका अन्यान्य जातिका सबैले दया,माया र सहानुभूतिले न्यानो धाप दिन्थे, उसैको सद्व्यवहारका कारण ।

तर मुखिया परिवारको लागि भने त्यही बीरमले आँखाको कसिङगर थियो,हरघडी मानसमा विजाइरहने । यसमा अनाहक दुई कारणहरु थिए । एक, दण्डवत गर्ने शैलीमा, अरु दलित झैं नतमस्तक धनुषे थिएन, ठाडै जदौ मात्र भन्थ्यो । दुई, मालिकले अराएको काम तत्कालै निःशुल्क सम्पन्न गरेर टक्राउने बानी थिएन,उसको । तीन, आफनो कर्मक्षेत्रमा सबैलाई समान प्रकारको व्यवहार गथ्र्यो,विना भेदभाव,प्राप्त आदेशलाई क्रमागत ।

कथाकार

अर्कोकुरा,मुखियाको छोरो प्रतापबहादुर शाहीको गिद्धेदृष्टि सुषमामा परेको रहेछ,यौनप्यास तृप्तीको उद्देश्य । एकदिन उसले सुषमालाई बंशानुगत गुणको प्रकटित रुप देखाउँदै बलात्कारको असफल प्रयास गर्दा उसले बलात मुक्त हुँदै मुखभरिको जवाफ दिएकी थिई,आमा बहिनीतिर सल्काएर । त्यसरी गाली गरेकीले उसको बारेमा कालो अफवाह फैलाएको थियो प्रतापले, “मैले राख्ने गरेकी”भनेर । तथापी गाउँलेहरुले सुषमामा लागेको आक्षेपको कालो धब्बा प्रतापतिरै फर्काई दिन्थे, यथार्थता बोधको प्रकटित स्वरुप ।

बाबु बिरमलेले सुषमालाई आफूमाथि आइपरेका अन्येक मानसिक प्रताडना र श्रमको भारी र आर्थिक कठिनाइहरु खेपेर गाउँको सरस्वती माध्यमिक बिद्यालयमा पढाएका थिए सुषमालाई । ऊ पनि कितावमा भिजेर पढेकीले दशको लौहद्वार प्रथम श्रेणीमै पार गरेकी थिई । उसको आत्मीय सहपाठी थियो,समस्तरको युगराज क्षेत्री ।

०००
बर्ग भेद बिरोधी,अन्याय विरोधी, कर्मशील सहपाठी युगराजको ऊप्रति स्वच्छ, भावुक माया पलाएको रहेछ,अभ्यन्तरमा । जातीय,वर्गीय बिभेदताको बिसम रेखा भन्दा माथि रहेर । त्यसैले विद्यालय अध्ययन क्रममा आर्थिक टेवा पनि पुर्याइरहेको थियो गुप्त रुपमा,उसले । सुषमाको मेधावीत्वबाट खुशी भएर ट्युशन र स्टेशनरीमा पनि यथासक्य सहयोग गरेको थियो,उसले ।

छोरीको मेधावीत्वबाट प्रफुल्लित भएर हौसिएको वीरमलेले पनि आफनो तर्फबाट येनकेन लगानी गरेकै थिए । तथापी अलिअलि गह्रुङ्गो भइरहेको अवस्थामा बिकल्पको नदी तार्ने राजीको काम युगराजले गरेको थियो । उसले बिरमलेलाई भनेको थियो– “डुंगा तपाई बनाउनुस तार्ने म भएँ ।”

उसको थोरै आश्वासनले बीरमलेको आत्मलाई जुरुक्क उठाएको थियो, हनुमानले पर्वत उठाए जस्तो ।

सुषमालाई सहपाठी भद्र युवक साथी युगराजबाट प्रस्ताव आयो, नेपालगञ्ज बहुमुखी कलेजमा संगै पढ्न जानेमा । उसले उत्प्रेरित गर्दै अर्थ सहयोगको हरित संकेत पनि देखायो । सुषमाको आकांक्षालाई पूरा गरिदिनमा बाबु पनि सहमत थिए, जिउलो बेचेर भए पनि ।

अनि उसको उज्ज्वल भविष्य बनाउने अभीष्ट पूर्णताको राजमार्ग, चाक्लो र चिल्लो बन्यो ।
युगराज,सम्पन्न सर्वजीत शाही दम्पत्तीको दुई छोरीपछिको एक्लो छोरा थियो । उसले पढाई बाहेक कुलतमा अनावश्यक पैसा खर्च गर्दैनथ्यो । त्यसैले उसको बाबुले छोराप्रतिको विश्वसनीयतालाई काँध थापेर माग बमोजिम पैसा पठाइदिन सहमत थिए । त्यसैमा सुषमाको आकांक्षा पनि मिसिएको थियो,परोक्षको नेपथ्यमा । यसमा वीरमलेको हृदयमा अलिकति तातो रापले भेटे तापनि सर्वजीत चाँहि अनभिज्ञ थिए ।

कालान्तरालमा युगराजको बाबु सर्वजीतको मनमा थोरै आशंका छचल्किन थालेछ– “तँ पढ्न छोडेर राम्री डुमिनीसंग लहसिएलास् नि । हेर, यदि केही अनर्थ भयो भने यो घरमा नपसे हुन्छ तैले ।”

उसले पनि श्वेत झुठ बोलिदिएको थियो, तत्कालीन सम्भाव्य आँधी तर्काउन —“त्यस्तो केही हैन बुवा । म काँ त्यस्तो गर्छु र ?”भनेर । यदी हनुमानले झैं छाति फुकालेर देखाइदिएको भए उसको लक्ष्य पनि नेपालको विकास योजनाहरु जस्तै अपूर्ण हुने थियो । तर सुषमाप्रति युगराजको अन्तरङ्गको तलाउमा प्रेम अङकुराइसकेको थियो,। कतैबाट ढुङ्गा खस्दैमा धमिलिनेवाला थिएन । पीठो जस्ती गोरी सुषमाको स्याउ जस्तो गाला र गाजलु चञ्चले आँखाले युगराजको हृदयमा घर बनाइसकेको थियो । उसो त सुषमाको सौन्दर्यताले दलित भनेर उपेक्षा गर्ने बाउन,ठकुरीका चेली,बुहारीहरुलाई चुनौति दिइरहेको थियो ।

महाविद्यालय अध्ययनको लागि बदाल्कोटबाट नेपालगञ्ज महेन्द बहुमुखी क्याम्पसमा अध्ययन गर्ने संयोग जुट्यो उनीहरुलाई । संगै दशको खुट्किलो चढेका युगराजका गाउँका अन्य साथीहरुलाई पनि उसले पे्ररित गरिरहेको थियो । त्यहाँ क्रमशः बिषयगत अध्ययनको साथसाथै सचेत नागरिकले जान्न पर्ने राजनीतिक दर्शनशास्त्र तथा दस्तावेजहरुको अध्ययन गर्दै बिद्यार्थी युनियनमा आवद्ध भएर प्रारम्भिक राजनीतिक दीक्षा पनि आरम्भ भयो,उनीहरुको ।

अध्ययनको गुदी पल्टाउँदै युगराज आफनो भाव पोख्छ– “राजनीति, निःस्वार्थ भावनाबाट प्रेरित भै सदुपयोग भएको खण्डमा,निःशुल्क समाजसेवा,देशसेवा र परिस्थिति परिवर्तनको विश्वस्त खम्बा रहेछ,राजनीति । समाज र देशमा लागेको संस्कारको पुरानो सडेको काँचुली फालेर नयाँ काँचुली फेरेपछि सार्वजनिक पद पाउने कुरा भिन्न हो । त्यो भन्दा प्रथमतः आफू र आफना परिवेशका नागरिकहरुको मनस्थिति तिखारिनु प¥यो । त्यसको लागि त्याग पहिलो कुरा हो । त्यसमा मायारुपी प्रलोभनको बाटोतिर लागेर व्यक्तिगत आर्थिक स्वार्थको दुर्गन्धित दिशातिर राजनीति गयो भने लक्ष्यको पाइलो अँध्यारो गर्तमा फस्न जान्छ । राष्ट्रको असली सम्पत्ति भनेको ज्ञान,विवेक,नैतिकता र निर्भीक नागरिक हुन्, नकि सुनचाँदीको भण्डार । ”भन्ने निस्कर्षमा ऊ पुग्यो र सुषमालाई पनि तिखार्न थाल्यो ।

युगराजको अभिव्यक्तिलाई जोडदिदै सुषमा भन्छे– “बिल्कुल शाश्वत सत्य । मेरो अध्ययनले पनि त्यसै भन्छ,राज्यको श्रोत भनेको समष्टिगत जनसमूह हो । नकि जात र नामबाट छरिएका जनताहरु । जनताबाट बनेको राज्यमा, जनताको लागि जनताद्वारा,जनताको शासन हुनुपर्छ । मुलुकको सार्वभौम अधिकार, जनतामा निहित हुनुपर्छ । न कि कुनै जन्मजात व्यक्तिले आफूखुशी स्वेच्छाचारी शासन गर्न पावस् । तर शासन गर्ने अगुवा जनप्रतिनिधि उर्जाशील र जनताप्रति पूर्ण उत्तरदायी हुनुपर्छ । सत्तामा पुग्ने शासकले आफूलाई देश र जनताको सेवक हुँ भन्ने चिन्तनमा प्रतिवद्ध भएर काम गर्नुपर्छ । परन्तु सत्तामा पुगेँ भनेर निजी स्वार्थमा लिप्त भै जनअपेक्षा र देशको आवश्यकता अनुरुप काम नगर्ने, नसक्ने अगुवा प्रतिनिधिलाई जनताले फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्छ,राज्यको विधानमा । अनि मात्र देशले काँचुली फेर्न सक्छ । अनि मात्र तपाईले भनेको योग्य सक्षम नागरिक राज्यमा उत्पादन हुन सक्छन् । यो शाश्वत सत्य हो । प्रथमतः शासक गतिलो नभएसम्म देश उभो लाग्न सक्तैन । ओरालिदै दलदलमा भासिन सक्छ । भन्ने मलाई लागेकोछ ।”

सुषमाको बिचारलाई टेवा दिँदै युगराज–“अति उत्तम कुरा ग¥यौ तिमीले । अवश्य शासक, योग्य,कुशल र जनोत्तरदायी हुनुपर्छ । अर्कोकुरा, प्रजातान्त्रिक मुलुकको कुशल शासकका विभिन्न ज्ञानकोषहरु ह्ुन्छन् । राजनीतिमा अग्रसर हुने सबै राजनीतिक कर्मीहरुको पनि सकारात्मक सोच राख्ने इन्द्रीयहरु हुनुपर्छ । जस्तै हाम्रो शरीरमा दश इन्द्रीयहरु हुन्छन्, पाँच ज्ञाने।न्द्रय र पाँच कमेन्द्रिय । भौतिक बिषयको बोध गराउँने ज्ञानेन्द्रियहरु– आँखा (आफनो जिम्मेवारी क्षेत्रका मुलुक र नागरिकहरुको स्थिति हेर्ने), कान (मुलुकको स्थिति र जनआवाजहरु सुन्ने र कदर गनेै) नाक(आफूले गरेको कार्यको मूल्यांङकन बौद्धिक देखि भुइस्तरसम्मकोे कुरा बुझmने), जिब्रो(सत्यकुरा बोल्ने) र छाला– (दिमागले) स्पर्श गरेको वस्तुलाई सुधार गर्ने) । यस्तै बाह्य क्षेत्रमा काम गर्ने कर्मेन्द्रियहरु–मुख (आफनो मनमा लागेको कुरा र भाबी योजनाहरु वाणीद्वारा प्रसार गर्ने),हात (रचनात्मक कार्यमा शासकीय कलम चलाउने),गोडा (आफूलाई कृयाशील राख्ने), अन्तमा गुदद्वार र उपस्थ (मल मूत्र तथा बीर्य निष्काशन) जस्तै मानसमा उत्पन्न फोहोर विचारहरु परित्याग गर्ने प्राकृतिक कृया ।

शासन रुपी संस्था चलाउन शक्ति निकायहरु– व्यवस्थापिका (जन समाजबाट निर्माण हुने जनताहरुको प्रतिनिधि निकाय) । कार्यपालिका– (व्यवस्थापिकाबाट केही र प्रबुद्धबाट केही गरी सानो आकार) र न्यायपालिका (कानूनविद मध्येबाट) उपरोक्त निकायहरुपछि राज्य तथा जनस्तरलाई सूचित गर्ने निकाय,सूचना वा पत्रकारिता । यिनलाई सहयोग गर्ने सुरक्षा,संचार तथा आवश्यकता मुताविक विविध बिषयगत आयोगहरु पनि राज्यले स्थापना गर्न सक्छ । राष्ट्रका क्षमतावान व्यक्तित्वहरुबाट । अनि मुलुकमा यो कार्य प्रणालीमा सबै जिम्मेवार निकाय र अङ्गहरुबाट आम जनताहरुमा राजनीति, न्याय,सुरक्षा,प्रशासन आदि राज्यको हरेक सेवा सुविधामा आम जनताको पहुँच हुनुपर्छ । कोही विमुख हुनुहुदैन । राज्यका कुनै पनि नागरिक शोषण र अन्यायमा नपरिकन निःशुल्क शिक्षा,स्वास्थ्य र गास बास कपासको उचित प्रबन्ध हुनुपर्छ । राज्यको नजरमा सबै नागरिक सम्मानित हुनुपर्छ,समान हुनुपर्छ । सदव्यवहार हुनु पर्छ । तर नागरिकले पनि आफ्नो अधिकार बुझ्ने र राज्यप्रति आफूले गर्नुपर्ने कर्तव्य बुझेको हुनुपर्छ ।
युगराजको मतलाई थप पुष्ट हुने गरी सुषमाको जिज्ञासा–“अँ अब हामीले मुलुकमा यस्तो जनबादी लोकतान्त्रिक समाजवादी शैली राज्य प्रणालीको ज्ञान हासिल कार्य क्याम्पसबाटै शुरु गरी त्यसको वस्तुगत अभ्यास थलो हाम्रै गाउँलाई बनाउने होकि ?”
युगराज–“ठीक भन्यौ सुषमा, पहिले हाम्रै गाउँबाट शुरु गर्ने हो । तिम्रो बुवा त पहिलेदेखि नै बुजु्रक,अन्यायप्रतिको विद्रोही, कर्तव्यनिष्ट स्वभावको हुनुहुन्छ,समाजवादी चिन्तन भएका । कट्टरवादी अबुझ त मेरै बुवा हुनुहुन्छ, जात र धनको घमण्डले उहाँको विवेक छोपिएकोछ । त्यसलाई उघार्ने काम क्रमशः गर्नुपर्नेछ,हामीले । अब हामीले मेरा बुवा जस्ता गाउँका अभिजात हौँ भन्ने विभेदकारी वर्गलाई बेदका ऋचा र राजनीतिक दर्शनहरु समेत औल्याएर जात,मानव धर्म,संस्कार,मानवता,,नागरिक अधिकार र कर्तव्य, राज्य संचालकको दायित्व र कर्तव्य,शिक्षा,स्वास्थ्य अधिकारका बारेमा समेत उल्लेख गरी केही संक्षेपमा अनौपचारिक शिक्षाको पाठ्यक्रम र पोष्टर पम्पलेटहरुबाट समेत बोध गराई हाम्रो समाजमा चेतनाको दियो बाल्दै जगाउने अभियान हामीले थाल्नु पर्नेछ ।

त्यसैले हामी युनियनको बैठक बसेर पर्चाहरु प्रकाशित गरी पहिले क्याम्पसमा धुँवा बाल्न शुरु गर्छौँ । त्यसपछि त्यो धुँवालाई विस्तारै कार्यक्रम मार्फत राज्यभर फैलाउँछौँ । यता आगोको खरानी उड्दै गर्छ । उता गाउँमा हाम्रो अभियानको थालनी गर्छौ । त्यसको लागि हामीले हाम्रो स्नातक अध्ययनलाई केही दिन स्थगित राख्नपर्ने हुन्छ । स्वाध्ययनलाई पनि जारी राखेर परीक्षा पनि दिदै गरौं । अनि पहिले आफनो गाउँलाई महासामन्तबाट मुक्त गराई काँचुली फेरेर लोकतन्त्रको घाम मुलुकभर झुल्काउनु पर्नेछ । त्यसैले गाउँ जगाउन गाउँमा अनौपचारिक शिक्षा शुरु गर्छौँ । विस्तारै शिक्षा र चेतनाको उज्यालो बाल्दै हाम्रो अनौपचारिक कक्षामा पर्चा पम्लेट बाँड्छौं ।

हामी गाउलहरुले भोग्दै आएको, देख्दै आएको तानाशाही पुख्यौली शासन व्यवस्था, जसले विकासको नाम सुनेन । नागरिकको अधिकार बुझेन । शासकको कर्तव्य बुझेन । नागरिकलाई रैति बनायो,मानवको मूल्य बुझेन, नागरिकको पेट देखेन । नागरिकको कुरा सुनेन । जनाधिकार र मानव अधिकारको शब्दै सुन्न चाहेन । जन सरोकार,शिक्षा,स्वास्थ्य र गास,बास कपासको व्यवस्था भन्ने उसको बुद्धि नै फुरेन । विभेद,दमन र उसको स्वेच्छाचारिता चरमस्थितिमा पुग्यो । त्यसैले यो तानाशाही व्यवस्थाको दाम्लो छिनाएर जनप्रतिनिधिको हातमा शासन पु¥याउनुछ, हामीले । रुपबहादुर शाहीलाई च्यूत गरेर”।

अर्को विद्यार्थी सुवर्ण अगिसर्दै भन्यो–“ठीक भन्यौ यार युगराज । हाम्रो गाउँको अत्याचारी शासन व्यवस्थाको अन्त्य त गर्नैपर्छ यार । तर यसको अरु उपाय केछ ?”

सुषमाले वैकल्पिक योजना बारे सुनाउँदै भनी–“क्रान्ति” । अरु साथीहरु पक्क परेर हेर्दै थिए । सुवर्णले फेरि सोध्यो–“त्यो त हो तर कसरी ?”

सुषमाले स्प्रष्ट पार्दै भनी–“सुन सुवर्ण ! हामीले अभियानको योजना बनाएका छौं । पहिले हाम्रा गाउँका शिक्षाबाट बञ्चित भएका बुढा तरुनाहरुलाई अनौपचारिक शिक्षामा जोड्ने । पढाउँदै गर्दा राजनीतिक महत्व र जन अधिकारका कुराहरु बाउनले मन्त्र सुनाए झैं एकेक गरेर भित्रभित्र चेतनाको प्रकाश उनीहरुको दृष्टिमा र कानमा पारेर जगाएपछि संगठित आन्दोलनले क्रान्तिको आगो फुक्ने । त्यसपछि त्यसलाई धपाएर सबैको राय सल्लाहबाट विधान बनाएर जन निर्वाचित शासन व्यवस्था स्थापना गर्ने हो । ”

सुवर्ण–“हो.. विलकुल ठीकछ । .त्यसो भए आजैदेखि झरो सरो ठीक पार्ने होकि त ? तर पुस्तौंदेखि जरो गाडेको त्यसको शक्ति बलियो छ । त्यसलाई उप्काउन सहज त अवश्य छैन । झरो बाल्न चाहिँ सिङ्गै सल्लाको रुख चाहिन सक्छ । व्यवस्था त दह्रै गर्नु पर्ला नि हैन ?”

सुषमा–“हो, कतिसम्म चाहिने हो त्यो व्यवस्था त गर्नै पर्छ । दश प्रतिशत पीडकको ठाउँमा नब्बे प्रतिशत पीडित छन्,हाम्रो गाउँ मात्र हैन,देशैभरि । यद्यपी शिक्षाको उज्यालो देख्न नपाएका गाउँलेहरु शासकको ठूलो स्वरदेखि त्रसित छन् । जसरी राणाहरु,जोसंस जनताको तिरोबाट जम्मा भएको राज्यको ढुकुटीबाट पालिएका सुरक्षाकर्मीहरु धेरै थिए,तथापी निहत्था जनसागर उर्लिएपछि उसले पराजित भोग्नै प¥यो । उनीहरुले, शिक्षाले रैतिहरुबाट सत्ता हल्लिन सक्छ भनेर शिक्षालाई उम्रिनै दिएका थिएनन् । त्यस्तै हाम्रो गाउँको जन्मगत स्वघोषित मुखियाको कुटिल नीति त्यस्तैछ । यही शिक्षाको अभावले गर्दा गाउँलेहरुले ‘ऊ जुनीको पाप,धर्मले गर्दा हामी रैति हुन परेको, जातमा तल परेको’ भन्ने दरिद्र,हीन मानसिकतामा ग्रसित थिए । अब यो जुनीमा धर्म गरेर बैतरिणी तरेपछि अर्को जुनीमा त्यो परिवारमा जन्म लिन पाइएला कि भनेर उसलाई बिष्णु औतार मानेका थिए,गाउँलेहरुले । त्यसैले हामीले गाउँमा अनौपचारिक शिक्षाको उज्यालो बालेर अशिक्षित गाउँलेहरुको बुद्धिमा लागेको पर्दा हटाएर धर्ति र नागरिक अधिकारको बारेमा वस्तुगत तथ्यता प्रकाश पार्दै जनसंगठन बिस्तार गर्दै पुरानो व्यवस्थाको प्रलय गराएर आमूल परिवर्तन सहित नयाँ व्यवस्थाको सृष्टि गर्नुछ,हामीले, भावी जेनेरेशनको लागि समेत । कसो हो युगराज जी ?यही हैन हाम्रो मिशन ?”

प्रफुल्ल हुँदै युवराज–“भेरी गुड । जसरी हाम्रो अध्ययनबाट हामीमा यति चेतना जागेको छ, त्यस्तै अब गाउँलेहरुलाई जगाएर गाउँलाई अन्याय,अत्याचारपूर्ण,एकाधिकारवादी विकृत शासनको फोहोरलाई जरैदेखि सफा गरी जनसत्ता स्थापित गर्नुछ,हामीले । अब हामी आत्मदेखि उत्सर्गिक भै,तन,मन,यथाशक्ति धन लगाएर सबै जागौं ।

युगराज,सुषमा,सुवर्ण, देबु,लीला,कमल लगायत नेपालगञ्ज क्याम्पस पढ्न गएका पन्द्र जनाको एकतावद्ध समूह संगठित भएर बैठक गरी यथासक्दो केही रकम उठाएर अनौपचारिक शैक्षिक सामग्री र पर्चा पम्पलेट छपाएर गाउँ पस्ने र गाउँका शिक्षाको उज्यालोबाट बिमुख प्रौढ तथा युवाहरुलाई अलिअलि गर्दै चैतन्यताको उज्यालो बाल्दै जगाउँदै संघर्षमा उतार्ने अभियानको थालनी गर्ने निर्णय गरे । र कार्यान्वयनको दिशातिर अभिमुख भए ।

क्रमशः

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १ : ३३ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,