५ श्रावण २०८१, शनिबार | July 20, 2024

रामभरोसेको सपना



पूर्वबाट झुल्किएको बैंशालु सूर्य । राज्यको नक्शामा भएको नाताले हरेक चुनावको बेला मात्र नेताहरुबाट गरीबीलाई भकुण्डो बनाएर गोलपोष्टको रुपमा प्रयोग हुने भोट ब्यांक, खलिया गाउँ ।
कुइनो फाटेको कमिज र कहिल्यै साबुन नपाएको मैला धोती (कच्छी बेगरको) लाएर गाउँजान तयार भयो,रामभरोसे कुचबदिया । एक टुक्रा अदुवासंग एक गिलास रक्सी एकै घुट्कोमा तनक्क पा¥यो । त्यसपछि प्लास्टिक डोरीले अल्झाएको थोत्रो चप्पल चिटिक चिटिक पार्दै भाला जडित डण्डीमा एकातिर चकिया(जाँता) र अर्को तिर लोहोरो सहितको सिलौटो तथा शिकार फसाउने फन्दा (स्प्रिङ्ग पासो) झुण्डाएर लुखुरलुखुर देहातको गुजमुजे बस्तीतिर हान्नियो । बाटोमा पर्ने एउटा झाडीमा फन्दाको स्प्रिङ्ग कसेर बन विरालोको आवागमन हुने नाकाको झाडीमा बाँधेर गाउँतिर लाग्यो ।

गणेशबहादुर जीसी

तराइको आलु उसिनिने प्रचण्ड गर्मीमा देहातको वारी सिधनियाको असंगठित गाउँ छिचोल्दै राप्ती नदीको डुङ्गा तरेर पारी सिधनियाको त्यस्तै असंगठित थारु गाउँभित्र छि¥यो,भरोसे ।
दुई सिधिनियाको पनि आफ्नै कथा व्यथाछ । कुनै जमानाको सिङ्गो सिधनिया गाउँलाई धेरै बर्ष अघि राप्ती नदीले धार बदलेर गाउँ नै चिरेकोले वारी–पारी भएको थियो ।
ऊ परिचित थारुका घरमा पुगेर पछि धान लिनेगरी एक जोर चखिया र एक जोर सिलौटा, लोहोरो थारु किसानहरुलाई बुझायो । किसानले उसलाई टमाटरको चट्नीसंग एक कटौरा जाँड दियो । उसले घामको टोकाई र थकानको पीडासंग सबै जाँड एकै सासमा तन्कायो । केहीक्षणको गफपछि मेजमानीमा थारुले दिएको रोटी र पोलेको खुर्सानी पनि निप्टायो ।
अनि जाँडको मद थन्क्याउन ऊ आगनछेउको सिसौ रुखको छायाँमुनीको चारपाईमा पल्टिएर सुखम स्वप्निल संसारमा पुग्यो ।
दिनको करीब दुई जति बजेछ । जुरुक्क उठेर विदावारी भै जीवन धकेल्ने त्यही भालावाल डण्डा समातेर नदीतिर लाग्यो । तराइको विस्तृर्ण फाँट हुँदै, अघि फन्दा थापेको बुट्यानको घना जङ्गलतिर सोझियो । आफूले थापेको फन्दामा भर्खर फसेको वन बिरालो पुच्छर छिटीछिटी गर्दैरहेछ । अनि छातिमा भाला घुसारेर इहलीला समाप्त पारेपछि रगत निख्रेको मृत बिरालोलाई डण्डामै झुण्डाउदै घरतिर लाग्यो । ००००
धूलोमा लमतन्न सुतेको तापिलो मैदानमा हिड्दा हिड्दा क्लान्त ऊ घरमा पुगेपछि शिकारलाई झोपडीको दैलोछेउमा राखेर आगनको जामुन रुखको छहारीमा खटिया ओछ्याएर पल्टिदै स्वास्नीलाई आदेश ग¥यो–
“जुग्नी तने ठण्डी पानी ला, पिया जाय,बहुत पियास लाग ।”
नग्न बाल मुनाहरु आगनमा माटाको घर गरौँदामा अभ्यस्त थिए,काल्पनिक महल र घोडा,गाडी,भाँडा वर्तन आदि अन्यान्य सर्व सम्पन सामानहरु बनाएर ।

जुग्नीले टोलभरिको साझा इनारमा डोरीवाला बाल्टीलाई तलैसम्म पुग्ने गरी झपझप गरी डुबाएर चीसो पानी ल्याएर दिदै भनी–
“आ ले पानीवा । काकरी यत्ता गाउँभरमैअँ खाली एक्कै ठौर कुँवा है । नलके खातिर नेता लोगनका कहत् कहत् कई साल गुजरगवा । खाली चुनावमैअँ ओटके खातिर आओेथे,बकथे आर्सौँ जरुर हम नल,विजुली लगादेबै । घर बनवाइदेवै । खाली लालीपप देखासी, एकदिन गोस दारुका भण्डारा खवाइके दुसरादिन ओट डलवाइके चलिजासी । बादमैअ कभु लौट्बै नकरी ।”
“काकरी भोसडी नेता लोगनपर कभु ऐसा गुस्सा चलथे,तिनका मार मारके दे भगवाई । न भण्डारा न ओट । खाली हम गरीबोँका चुसय आसी । का काम करसे ? अबसे आवै नदेव् ।”रामभरोसेले आफ्नो कमजोरी दबाएर आक्रोस पोख्यो ।
“काकरपाइहो तु हमार गावँके मर्दलोग?हरसाल तो हम लोगनका मुर्गा बनवाइके चली जाथय । कबु कुछ बोल पाओथो कोई ?”गाउँका पुरुषहरुको हुर्मतप्रति घृणा पोखी,जुग्नीले ।
“अबसे कुच सोचा जासी”भन्दै रामभरोस जुग्नीले दिएको पानी तन्न पिएर शिकार सफाईतिर लाग्यो ।अलिकति परालको धुस्नो,अलिकति अडरीको झाम्टा र झिँजा दाउरा हालेर बिरालो पोलपाल गर्न शुरु ग¥यो,पसिना काट््दै तन्मयतापूर्वक । रौं निख्रिने गरी पोलपाल पारी धोई पखाली गरेर बेसारले रङ्गाईवरि काटकुट गरेर स्वास्नीको जिम्मा लगायो ।
जुग्नी मासु पकाउने तेल मसला लिन गएका बेला भरोसेको दृष्टि बच्चाहरुको कारुणिक अवस्थामा केन्द्रिभूत भयो । अनि उसको अन्तरङमा चस्का पस्यो ,दारिद्र्यता बिझेर ।
उनीहरुलाई दृष्टिपटले छाम्दा छाम्दै जति व्याकुल पानीले भएको थियो त्यति आकुल आफना बच्चाहरुको नग्नचित्रले बनायो ।नजिकै अरु समुदायका बच्चाहरुले सुकिला लुगा लाएर,मीठो मसिनो खाएर स्कूल जाने गरेका दृश्य सिनेमाको रिल जस्तै घुमिरह्यो, उसको मानसपटलमा । अनि सम्मुखका आफना अबोध बच्चाहरुको नग्न शरीरको हीनताबोधले पोल्यो, आफूलाई जिस्काइरहेको,आभासमा । जाडोमा पनि पालतो लुगा लाएर थुरथुर काम्दै हिड्छन् । न बुढीको आङमा सद्देलुगा छ । केवल च्यातिएको ब्लुज र धोती, हल्लाउँदै यताउति फ¥याक फुरुक गर्छे । कामं भने विहानदेखि बेलुकीसम्म हात खाली छैन, दुबैको । बुढाले जाँतो, सिलौटो बनाएर गाउँ घरमा पु¥याउछ । बुढीले अल्लाको डोरी बाटेर घरघर पु¥याई बेचेर अन्न वा पैसा ल्याउछे । तथापी दारिद्र्यतालाई आफूबाट भगाउन सकिएको छैन । अनि उसको मनले धिक्का¥यो, आफनो संस्कार र दारु आदतलाई ।
अनि उसले बारम्बार सम्झने गरेका अस्तित्वमा नदेखिएका भगवानसंग घुर्की पसा¥यो( भावार्थ)—“हे भगवान ! मानव मानव वीचको संस्कृति र संरचनामा यति धेरै असमान दूरी किन भएको होला?
संसारमा धेरै उलटफेर भैसक्यो । तर आफ्नो संस्कार ज्यूँका त्यूँछ । यो संस्कारले चेतना उमारेर जीवनशैली बदल्न कहिल्यै चाहेन,भलै दुई पैसा कमाई भए तापनि । संस्कार बदल्नेमानिस आफैले हो । तर देखी देखी,भोगी भोगी पनि ऊ लाचारछ किन ?
किनकी संस्कारको लक्ष्मण रेखा नाघ्न नसक्ने विवसताको साम्प्रदायिक बन्धनमाछ ऊ । उनीहरुमा जहिले पनि अभावग्रस्त किन ? चैतन्यताको अभावमा ऊ भगवानसंग प्रार्थना गर्छ,– “हे भगवान तिमी सर्वव्यापीछौ भन्छन्,मान्छेहरुले । तर ‘सर्वव्यापी तिमीले मेरा दुःख किन देख्दैनौ ?”
यस्तै उसको मानसपटलमा शोक,भोकको हीनताग्रस्तले विकल्पहीन भएको बेला चेतनालाई झकझकाउन कतैबाट एउटा अदृश्य वाणी आयो–
“ए मनुवा ! तँ अरुले गरेको उन्नतिमा ¥याल चुहाउँछस्, इष्र्या गर्छस् । आपूm परम्परागत दारिद्र्य संस्कारको थोत्रो आवरणलाई फुकालेर समय नापेर ऋतु अनुसार व्यवहार गर्न सक्दैनस् । समयको नदीलाई किनारबाट मात्र हेर्छस त्यसलाई उपयोग गर्न किन खोज्दैनस् । अनि तेरो उन्नति कसरी हुन्छ त ? तँ अरुको रङ्ग हेरेर हैन, आफनो रङ्ग ढङ्गमा परिवर्तन गर्न सिक् । विगत वर्तमानको स्मृति हो । भविष्य वर्तमानकै सपना हो । भविष्यको सपना देख्नुछ भने वर्तमानलाई पौरखी र विवेकशील बनाएर अगि बढ् । अनि मात्र तेरो सपना साकार हुनेछ ।”
रामभरोसेको मानसपटल उघ्रिएको आकाश जस्तो भयो । यसैमा रमेर उसले उज्यालो सपना देख्न थाल्यो । अनि एउटा अठोट निकाल्यो,ऊ अब पछाडि नफर्किएर अगाडि बढ्ने जपना गर्नेछ ।
०००
बुढा सूर्य क्षितिज तरेपछि, शिशु चन्द्रमा, धरणीमा छाप्पिदै थिइन् । दिनको प्रचण्ड गर्मीको रापलाई जामुन रुखको पातले आयात गरेको शीतल पवनले । मानौं उसको दुःखी जिन्दगीको शारीरिक र मानसिक ज्वलनमा मलम लगाईरहेको थियो ।

जुग्नीले पसलबाट तेल मसला ल्याएर सिलबरे तसलीमा मासु झ्वाइँस पारी । रामभरोसे जुरुक्क उठ्यो ।
भरोसेले जुग्नीलाई दारु ल्याउने आदेश दियो । दश रुपैया दिएर छोरीलाई दारु लिन पठाई । हरेक दिन बिहान काम गर्न जाँदा र बेलुकीको बिश्राम समयमा भरोसेलाई दारु अपरिहार्य हुन्थ्यो,उसको नियमित दिनचर्यामा । यो रात्रीकालीन दारुमा जुग्नी पनि सहभागी हुन्थी । यही दश दश रुपैयाँ गर्दै गोस्,दारुमा उनीहरुको श्रमको पैसा चुहावट भै रहन्थ्यो ।
अझ बेलाबेलामा सम्प्रदायको कुनैलाई अल्छी वा सन्की चढेमा “आज् काम हडताल”भनिदिएमा सबै नियमित काम गर्न छोडेर शिकार खेल्न आ–आफ्ना कुकुर र भाला लिएर बन जाने र बनमा पाउने स्याल,बिरालो,गोहोरो,मुसा मारेर ल्याउथे । अन्य समयमा खेतमा पाउने मुसा र घर पालुवा सुङ्गुर मौजुद हुन्थ्यो । मासुसंग गोस, रक्सीको मदमत्त,उन्मादी चल्थ्यो । उनीहरुलाई बासी सडेको अरु जेको मासु भए पनि दारुसंग चल्छ,तर राँगा भैसी चल्दैन ।
चाड पर्व, जन्म,विवाह र मृत्यु संंस्कार तथा बडघरको अध्यक्षतामा सञ्चालन हुने मुद्दा मामिला आफै मिलाउने आन्तरिक साम्प्रदायिक बैठकहरुमा समेत रक्सी मासुको भण्डाराहरु यथेष्ठ हुन्थ्यो । यसो हुँदा उनीहरुको आर्थिक चुहावट मात्र नभै रक्सीको उन्मादीले कुस्ती पनि घच्चाघच्चीकै हुन्थ्यो ।
०००
मासु र भात पाकेपछि जुग्नीले केही मासु र रक्सी बुढाको अघिल्तिर राखिदिएर चारवटा बच्चाहरुलाई लस्करै खान बसाली । र आफू पनि बुढासंगै खान बसी ।
बुढाको रक्सीको मादको पारो विस्तारै दिमागतिर चढ्दै थियो । बुढाबुढीको सौहाद्र्ध वार्ताको धारो अगि बढ्यो । जुग्नीले कुरोको जरो उप्काएर देखाई–
”आसौ बड्की बिटियाके सादी ना करछी ?”
माथि चढ्न लागेको मदीय पारो रोक्दै रामभरोसे–
“बात तो सही करसी । हमरे खयाल दुसरे तरफ डुबगय रहे न । अबे रुक । पैसवाके जुगाड तो कैली । तुरे भाइके लड्का तो हैही है । उसीसे कराइ दिया जासी, सादी । बादमैअँ हमार लड्काके वियाओ भी ओहीके लडेकीसे करबै ।”
“बनी काहे न ? मगर पैसवाके जुगाड तो हुय न ?”
समस्याको पहाड द्यौराली डाडो जत्रो भए पनि विस्तारै रक्सी मादले उत्कर्षमा चढेको भरोसेले कामुक आँखा झिम्काउदै भन्यो–
”धानवा तो निकले दे । आसौ कुवाँर मैअ कैदियजासी विया । जा कल बुलाइलैआ तुरे भाइको । ”
समाधानको चुरो निस्किए पनि आर्थिक बोझको पहाडले उसको मनलाई थिचेकै थियो । मानौं रङगमञ्चको पर्दापछाडि छुपेका पात्र नेपथ्यबाट निस्कीरहेका थिए,एकपछि अर्को गर्दै । सबै छोराछोरीको विहा मामला । एकछिन घोत्लियो । राहतको आधार रक्सीमा रक्सी थप्नु उसले निर्विकल्प सोच्यो,तत्काल । रामभरोसेका आँखा थालका मासुतिर घोप्टियो, निकै बाँकी रहेछ । बोतलतिर आँखा सोझायो,गफको तालमा रित्तिसकेछ । बुढीलाई आदेश ग¥यो–“जा बुढिया,अद्दा लैया उधारमैअ । बोल्दियौ, कल बुढवा पैसवा देसी ।”
जुग्नी पनि जुरुक्क उठी र हौसिदै गएर पहाडनी माइलीकाँबाट आधा बोतल रक्सी ल्याएर आई । दुबैको रक्सीको पारो बढ्दै थियो । उनीहरुवीच कहिले गुस्सा गुस्सी ,कहिले माया,पिरतिका कुरा बग्दै गए ।
भोली पल्ट विहान,जुग्नी भाँडा माझीरहेकी थिई,रक्सीले सुकाएको छाति बौराउदै भरोसेले भन्यो– बुढिया,लोहोटा ला,पानीवा पिकय, मैदान चला जासी” ।
गतः रात्रीकालीन कोकोहलो एक सपना थियो,माद थियो । केवल सपना । आगनमा सुतेका छोराछोरी पनि सबैले हात,मुख धोएर एकेक वटा रोटी खाए ।
त्यसपछि बुढीले ठूली छोरीलाई डोरी बाट्ने काठको फिर्को घुमाउन लगाई, आफूले त्यसैमा अल्लोको त्यान्द्रो घुसारी । छोरीले त्यसलाई घुमाउदै बाटोमा अगाडि बढ्दै गई । यसरी करीब साठी सत्तरी मिटरसम्म दोहोराइ तेहराई गर्दा दुइटा डोरी तयार भयो ।
डोरी तयार भएपछि बुढी खाना बनाउन गई ।
आयमुलक काम दुबैको भए पनि स्वास्नी,वा महिला भएकीले जुग्नीको शरीरलाई फुर्सद थिएन । आज्ञा पालन कर्मको भारी बढी थियो । आम महिलाको संस्कारगत चलन जस्तै ।
भरोसेले आफ्नै छाप्रो अगाडि छिनी,हथौडा समातेर सिलौटो छिनिरहेको थियो ।
खाना बनुन्जेल भरोसेले एउटा लोहोरो कुँदेर भ्यायो ।
छिनी हथौडा चलाउदा चलाउदै रामभरोसेको मन उडेरआफ्नो पारिवारिक अवस्था र साम्प्रदायिक संस्कारको रुग्ण चिन्तनमा जमेपछि स्वास्नीलाई बाड्न चाहेर तरकारी काट्न नजिकै बसेकी जुग्नीसंग थिचिएको निधारमुनीको आँखा उघार्दै बेदना पोख्यो—
“काकरी गरीबौंका जिन्दगी भगवान नदें यार” । (भावार्थ) के गर्ने जुग्नी ! कहिलेकाँही त मलाई आफूले आफैलाई देख्दा,तलाई देख्दा विरक्त लागेर आउँछ । हामी काम त दिनभरि गर्छौँ । तर न गतिलो लाउन पाइन्छ न गतिलो खान । के हाम्रो जिन्दगी सधै यति मात्र हो त ?

जुग्नी भन्छे (भावार्थ)– “हाम्रो चलनले हामीलाई अल्झाइ रहेकोछ । हामी बदलिन सक्तैनौं त्यसैले हामी गरीबको खाडलदेखि माथि उत्रिन पनि सक्तैनौं ।
अरुहरुले समयलाई समातेर बुद्धि र विवेक लगाई गरीबबाट धनी हुन पुगेका कैयन उदाहरण हाम्रैसामु छन् । हामीले देखिरहेका छौं । त्यो सबै उक्लिने र झर्ने माध्यम भनेको शिक्षा, संस्कार,बुद्धि र व्यापार नै रहेछ । शिक्षाले सबै किसिमका बाटाहरु देखाउँदो रहेछ । अपरिवर्तनीय परम्परागत संस्कार मानवको लागि प्रगतिपथको बाधक रहेछ । जसले हामीलाई गुमराहमा पारेकोछ,जस्तो लाग्छ । हामीहरु आफूलाई बदल्नतिर नलागेरकोले । “भगवान जो करेगा भलाही करेगा”भनेर भगवान भरोसामा हामी अडिएका हुन्छौं, कर्म नगरेर । हामी परम्पराको जालोलाई च्यात्न चाहन्नौं । त्यसैले दरिद्रको खाडलबाट हामी कहिल्यै उस्किन नसकेको कारण यही हुनुपर्छ । हाम्रै सामुन्नेका अरुहरुलाई हेरत, आफना बालबच्चालाई पढाइमा अत्यधिक महत्व दिने गरेकाले ,नोकरी गर्छन,गराउछन,नयाँ नयाँ कामहरु गर्छन गराउछन् त्यसैले उनीहरुको आर्थिक धरातल र जीवनशैली उकालो लागेको लाग्यै हुन्छ ।हामीहरु पुर्खाको संस्कृति भनेर मरेको बिरालो काखी च्यापिराख्छौं,त्यसैले अरुको आगो हेरेर रोटी सेक्न खोज्छौं,हामी । त्यै भएर हाम्रो पाइला उँधो उँधो रेल्लिएको हो । मलाई यस्तै लाग्छ ।
स्वास्नीको अभिमतप्रति सहमत हुँदै रामभरोसे भन्छ(भावार्थ)—ठीक भनिस बुढिया तैलै । अघि मलाई आकाशवाणीले पनि त्यसै भनेको थियो । त्यसो भए हामी पनि अबदेखि छोराछोरीलाई पढाउन हालौँ । स्कूलले निःशुल्क पढाइदिन्छ रे । अलिअलि केही खर्च लागे केही जुगाड गरौंला । अनि अलि ठूला भएपछि सादी गरिदिउँला हुन्न ?
संस्कार र सन्तानहरुको संशयबाट उठ्न असहज मान्दै जुग्नीले लाचारी पोख्दै पुनःजिज्ञासाको पेटारो खोली –भावार्थ)–“त्यो त हो । तर हामीले मात्र गरेर एकैचोटीमा त्यो संस्कार बदल्न पनि त सकिएला र ?सबै बदलिए पो होला । भोली फेरि तिनैसंग घुस्न पर्नेहुन्छ, हरेक कामको लागि । हाम्रा बच्चा ठूला हुन्जेल उनीहरुका छोराछोरीको विहा भैसकेको हुन्छ । अनि हाम्रालाई काहा विकाउने ?

जुग्नीको शंसय निवारणको विकल्प दिदै रामभरोसे(भावार्थ)–“त्यसो भए यस्तो गरौं,शालाको छोरा सात बर्षे बलेहीसंग हाम्री छ बर्षे छोरी बन्दियाको बिबाह त यही बर्षमै गरिन्छनै । तर गौना थौना गरुन्जेल बन्दिया ठूली भएर राम्रोसंग पढी भने दशसम्म पढ्न सक्छे । त्यतिमा धेरै कुरा जानिसकेकी हुन्छे । अनि त्यसपछि मात्र गौना थौना गरौंला । उसको साथमा जेठो नरैनालाई पनि पढ्न पठाऔँ । पढ्दा पढ्दै वीचैमा विहा पनि गरौंला । तर उसको गौना गरेर दुलही भित्राउने काम भने पढे,बढेपछि मात्र गरौंला नि । यति गरे उता कुटुम्ब पनि नछुट्ने । यता हाम्रा छोरी छोराहरु पनि पढ्न पाउने । यो स्थिति बसेपछि हाम्रा बच्चाहरुको बिहा पनि बढेर,पढेर अलि जान्ने भएपछि गर्नुपर्छ । कल्लुलाई यहीँ बोलाएर ले राम्रोसंग कुरा बुझाएर यही शर्त राख्नु पर्ला । अनि हाम्रो भविष्य राम्रो भएन त बुढी ?”
आत्म सन्तुष्ट गर्दै जुग्नी–”हाँ आँ सही बात । अब हामीले यो लाइन नछोड्ने हो । उसकी बुहारीले पढे उसैलाई फाइदा,हाम्रा छोरा बुहारी पढे हामीलाई फाइदा । अब भयो काइदा ?”

०००
निर्धारित तिथि,मितिमा बडघरको अध्यक्षतामा प्रधान समेतको मिटिङमा केटी र केटा दुबैपक्षका व्यक्तिहरु भेला भए । दुइ देशको सन्धी सम्झौता भए जस्तै,नाताले जेलिएका नेपाल र भारतका कुचबदियाहरुको साँस्कारिक भेला । दिदी भाईवीचको पूर्ब सहमतिलाई पनि भेलामा प्रकाश पारियो,सबैले अनुसरण गरुन् भनेर । बडघरले सहमति जनाउदै, मग्नी घोषणा गर्यो,जुग्नीको भाई कल्लुको छोरा बलेही र रामभरोसे–जुग्नीकी छोरी बन्दीयाको बिहा, आगामी मंसिरको उज्यालीपक्षमा गर्नेगरी तिथि मितिको मग्नी निर्धारण भयो । जुग्नी दिदी भाईको नयाँ नीतिलाई सबैले सहमति जनाए ।
त्यसपछि रक्सी र सुंगुर मासुको भव्य भण्डारा । भण्डारा पश्चात झगडा पनि भव्य घनघच्ची भयो । मानौं उनीहरुको रीति पालना । भोली पल्ट बिहान सिना(छाति)मिलाई बिदाई भएर भारतीय पाहुनाहरु प्रस्थान भए ।

क्रमशः

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ३७ बजे

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काठमाडौं । माल्दिच्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

दाङ । दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १०

Airlines resume services after global IT crash wreaks havoc

PARIS: Airlines were gradually coming back online Saturday after global

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

रौतहट । सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले रौतहटको गुजारा

नारायणगढ-मुग्लिङ सडकअन्तर्गत भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

नारायणगढ । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल