१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनीका सभामुखलाई सदनबाटै ठेगान लगाइदिने एमालेको चेतावनी



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सभामुखले पदअनुकुल आचरण नगरेको आरोप लगाएको छ ।

आफुले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई  पदमुक्त नगरेको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्तीले पदमा आसिन रहन नमिल्ने ठहर गरेको हो ।

एमालेले आज बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमालेले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८०  वमोजिम नीजले  पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।’

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं सांसद बैजनाथ चौधरीले सभामुखले तत्काल राजीनामा नदिए प्रदेशसभाबाटै ठेगान लगाईदिने चेतावनी दिए ।

चौधरीले सभामुख न्यायाधीस बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताए ।

लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई सभामुखले पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ३ : १३ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७