१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना पार्टी सदस्यको एकसाथ परीक्षा लिने



बुटवल । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकैपटक परीक्षा लिने भएको छ ।

निस्कृय सदस्यलाई कृयाशील र जवाफदेही बनाउन यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको एमाले लुम्बिनी प्रदेशले जानकारी दिएको हो ।

यसप्रकारको नयाँ कार्यक्रम थालिएको भएपनि पहिलोपटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटकपटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिवल तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेतारकार्यकर्ताहरू सहभागी हुनेछन् ।

अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराइन् । ‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उनले भनिन् । उनले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिइन् ।

जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ । प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै उर्जा थप्ने विश्वास लिएको बताए । प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने जनाए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : ५९ बजे

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्